Rato Kagaj पल पलको खबर
Rato Kagaj पल पलको खबर

खोटो बेचेर अठार लाख बढी आम्दानी

रातो कागज
9 घण्टा अघि

घोराही दाङ, १२ भदौः खोटो बेचेर वन समूहले रु १८ लाख बढी आम्दानी गरेका छन् । जिल्लाका चार समुदायिक वनले रु १८ लाख ३७ हजार छ सय ५७ आम्दानी गरेका हुन् ।

डिभिजन वन कार्यालयका अनुसार आर्थिक वर्ष २०८१÷८२ मा ७५ हजार २५६ किलो खोटो बेचेर उक्त रकम आम्दानी भएको हो । खोटो तार्पिन र रङ बनाउन प्रयोग गरिन्छ । यो खोटो बाँके र कपिलवस्तुका उद्योगले खरिद गर्दै आएका छन् ।

आर्थिक वर्ष २०८०÷८१ को तुलनामा आव २०८१÷८२ मा रु एक लाख ९६ हजार ७५६ किलो कम खोटो सङ्कलन भएको छ । आव २०८०÷८१ मा जिल्लाका सातवटा सामुदायिक वन समूहबाट दुई लाख ७२ हजार १२ किलो सल्लाको खोटो सङ्कलन भएको थियो ।

आर्थिक वर्ष २०७९÷८० मा ७८ हजार किलो सल्लाको खोटो सङ्कलन गरी बिक्री गर्दा रु नौ लाख ३९ हजार २७ आम्दानी भएको थियो । खोटो सङ्कलन गर्ने सामुदायिक वन समूह घटेसँगै आय पनि घटेको हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया