२१ फाल्गुन २०८२, बिहीबार
मुख्‍य समाचार राजनीति समाचार

राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिमा इश्वरी देवि न्यौपाने सर्वसहमतीले निर्वाचित

काठमाडौं । राज्य व्यवस्था तथा सुशासन समितिको सभापति पदमा समितिकी सदस्य इश्वरी देवि न्यौपाने सर्वसहमतीले निर्वाचित भएकी छन् ।

बुधबार बसेको समितिको बैठकमा समिति सदस्य सर्वेन्द्र नाथ सुक्लाले प्रतिनिधिसभाको नियमावली २०७९ को, नियम १७६ को,  नियम ४ बमोजिम सदस्य इश्वरी देवि न्यौपाने राज्य व्यवस्था तथा सुशासन समितिको सभापति पदमा निरविरोध निर्वाचित भएको घोषणा गरेका हुन् ।

उनले भने, ‘प्रतिनिधिसभाको नियमावली २०७९ को नियम १७६ को नियम ४ बमोजिम सदस्य इश्वरी देवि न्यौपाने राज्य व्यवस्था तथा सुशासन समितिको सभापति पदमा निरविरोध निर्वाचित हुनु भएको घोषणा गर्दछु ।’

समितिका निवर्तमान सभापति रामहरि खतिवडाले इश्वरी देवि न्यौपानेलाई राज्य व्यवस्था तथा सुशासन समितिको सभापति पदमा निर्वाचित गरियोस् भनि प्रस्ताव प्रस्तुत गरेका थिए ।

खतिवडाले भने, ‘समितिका मान्य सदस्य श्रि इश्वरी देवि न्यौपानेलाई राज्य व्यवस्था तथा सुशासन समितिको सभापति पदमा निर्वाचित गरियोस् भनि प्रस्ताव प्रस्तुत गर्दछु ।’

साथै, समिति सदस्य कृष्ण गोपाल श्रेष्ठले उक्त प्रस्तावको समर्थन गरेका छन् ।

उनले भने, ‘इश्वरी देवि न्यौपानेलाई राज्य व्यवस्था तथा सुशासन समितिको सभापति पदमा निर्वाचित गरियोस् भनि राख्नु भएको प्रस्तावको समर्थन गर्दछु ।’

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि