२८ आश्विन २०८२, मंगलवार
बागमती मुख्‍य समाचार समाचार स्वास्थ्य

वीरगञ्जमा हालसम्म १ सय १४ जनामा हैजाको सङ्क्रमण पुष्टि

काठमाडौं । वीरगञ्जमा हैजाको सङ्क्रमण बढेर १ सय १४ पुगेको छ ।

स्वास्थ्य कार्यालय पर्साका जनस्वास्थ्य अधिकृत जयमोद ठाकुरका अनुसार मंगलबार रातीसम्म १ सय १४ जनामा हैजा संक्रमित पुष्टि भएको हो ।

यसैगरी, वीरगञ्जका विभिन्न अस्पतालमा झाडापखालाका कारण उपचारका लागि भर्ना भएका बिरामीको सङ्ख्या हालसम्म ४२२ पुगेको छ । तीमध्ये २ सय २३ जना उपचारपछि डिस्चार्ज भइसकेका छन् ।

महानगरपालिकाले हैजा सङ्क्रमणको प्रमुख कारण दूषित खानेपानी हुनसक्ने अनुमान गर्दै पानीको नमुना संकलन गरी प्रयोगशालामा परीक्षण गराइरहेको जनाएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौंमा परीक्षण गरिएको १० वटा नमुनामध्ये ८ वटामा हैजाको सङ्क्रमण पुष्टि भएको छ भने बाँकी २ वटाको रिपोर्ट आउन बाँकी छ ।

सङ्क्रमण फैलिन थालेपछि वीरगञ्ज महानगरले मातहतका सबै विद्यालय थप तीन दिनका लागि बन्द गर्ने निर्णय गरेको छ । विद्यालयका शिक्षक तथा कर्मचारीलाई हैजा नियन्त्रणसम्बन्धी जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्न आग्रह गरिएको छ । महानगरपालिकाले सरसफाइ अभियान र सचेतनामूलक कार्यक्रमलाई तीव्रता दिएको छ ।

चिकित्सकहरूले सुरक्षित पानी उमालेर मात्र पिउन, खुला शौच नगर्न र व्यक्तिगत सरसफाइमा विशेष ध्यान दिन सर्वसाधारणलाई आग्रह गरेका छन् ।

 

 

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि