२८ आश्विन २०८२, मंगलवार
खेलकुद बागमती मुख्‍य समाचार

भक्त राना स्मृति चेस आजदेखि, करिब २५० खेलाडीले प्रतिस्पर्धा गर्ने

काठमाडौं । भक्त राना स्मृति खुला र्यापिड चेस प्रतियागिता आजदेखि सुरु हुँदैछ ।

प्रतियोगितामा दुई लाख चार हजार रुपिया पुरस्कारको लागि करिब दुई सय ५० खेलाडीले प्रतिस्पर्धा गर्दैछन् ।

माओवादी केन्द्रनिकट अखिल नेपाल चेस संघ (एन्का) ले पूर्वछापामार भक्त रानाको स्मृतिमा फिडे रेटिङ १९०० मुनिका खेलाडी सहभागि हुने गरी प्रतियोगिता आयोजना गरेको हो । काभ्रेका रानाको निधन २०८१ साल भाद्र ११ गते भएको थियो ।

नेपाल बुद्धिचाल महासंघका वरिष्ठ उपाध्यक्षसमेत रहेका एन्का अध्यक्ष दिपेन राईले भने, ‘खेलप्रेमीसमेत रहेकाले उहाँ (भक्त राना) को स्मृतिमा चेस प्रतियोगिता आयोजना गरिएको हो । नयाँ र प्रतिभावान खेलाडीलाई अवसर दिनको लागि १९०० रेटिङमुनिका खेलाडीलाई समावेश गरिएको हो । प्रतियोगितामा करिब २ सय ५० खेलाडीले प्रतिस्पर्धा गर्दैछन् ।’

दस मिनेट र इन्क्रिमेन्ट १० सेकेन्डको र्यापिड चेसमा विजेताले ३० हजार, उपविजेताले २० हजार, तेस्रो हुनेले १५ हजार, चौथोले १० हजार, पाँचौंले ८ हजार र शीर्ष दसमा अटाउनेले जनही ६ हजार रुपिया पाउनेछन् । महिला, अनरेटेड, यू ८, यू १०, यू १२, यू १४, यू १६, यू १८, सातै प्रदेशका उत्कृष्ट खेलाडी, रेटिङ १८०० मुनि र १७०० मुनिका उत्कृष्ट गरी ३२ खेलाडी नगद पुरस्कारका हकदार हुनेछन् ।

हिमालयन चेस एकेडेमीको सहयोगमा होटेल रोयल एयरपोर्ट, सिनामंगलमा सञ्चालन हुने दुई दिने प्रतियोगिताको उद्घाटन समारोह माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको प्रमुख आथित्य तथा राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव टंकलाल घिसिङको विशेष आथित्यमा गरिनेछ । एन्काले गत वर्ष फिडेमास्टर (एफएम) सुजेन्द्र श्रेष्ठ स्मृति भेट्रान चेस प्रतियोगिता आयोजना गरेको थियो, जहाँ सातै प्रदेशमा छनोट प्रतियोगिता आयोजना गरेपछि राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गरिएको थियो ।

थप समाचारहरु

खेलकुद

प्रधानमन्त्री प्रचण्ड दिल्लीमा, भारतीय राज्यमन्त्री लेखीले गरिन् स्वागत

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected
खेलकुद

विश्व वातावरण दिवसको अवसरमा सिद्धार्थ बैंकद्वारा विविध कार्यक्रम

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected