२८ आश्विन २०८२, मंगलवार
बागमती मुख्‍य समाचार समाचार

तीनवटा संसदीय समितिको बैठक बस्दै,यस्तो छन् कार्यसूची

काठमाडौं । संघीय संसद अन्तर्गतका विभिन्न तीनवटा संसदीय समितिका बैठक आज (बुधबार)बस्दैछन् ।

आज राज्य व्यवस्था तथा सुशासन समिति, विधायन व्यवस्थापन समिति र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्न लागेको हो ।

राज्य व्यवस्था तथा सुशासन समिति बैठक दिउँसो ३ बजे समितिको सभाकक्षमा बस्नेछ । बैठकमा राज्य व्यवस्था तथा सुशासन समिति सभापतिको निर्वाचन प्रक्रिया अघि बढाउने कार्यक्रम रहेको छ ।

यस्तै,विधायन व्यवस्थापन समितिको बैठक बिहान साढे ११ बजे सिंहदरबारमा बस्नेछ । बैठकमा संघीय निजामती सेवा विधेयक, २०८० माथि दफावार छलफल गर्ने कायैसूची  छ ।

त्यस्तै,सार्वजनिक नीति तथा प्रत्यायोजित विधाय समितिको बैठक बिहान ११ बजे सिंहदरबारमा बस्नेछ । बैठकमा समितिको छैटौँ वार्षिक प्रतिवेदन २०८१–०८२ का सम्बन्धमा छलफल गर्ने कार्यसूची रहेको छ ।

 

 

 

 

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि