२३ फाल्गुन २०८२, शनिबार
मुख्‍य समाचार समाचार समाज

अर्घाखाँचीमा ट्रक दुर्घटना, चालकसहित २ जनाको मृत्यु

२४ मंसिर,बुटवल । अर्घाखाँचीमा ट्रक दुर्घटना हुँदा चालकसहित दुईजनाको मृत्यु भएको छ ।

दुर्घटनामा परी ट्रक चालक नवलपरासी पश्चिम रामग्राम नगरपालिका–१८ बस्ने ३१ वर्षीय सञ्जयकुमार चौधरी र सहचालक भोला कुर्मीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक विक्रम रिजालले जानकारी दिए ।

उनका अनुसार गिटी बोकेको ना ६ ख २७३९ नम्बरको ट्रक शीतगङ्गा नगरपालिका– ८ सातमाराको राप्ति पुल नजिकै अनियन्त्रित भई दुर्घटना भएको थियो ।

दुर्घटनामा गम्भीर घाइते भएका उनीहरुको जेनस अस्पताल बुटवलमा उपचारका क्रममा मृत्यु भएको प्रहरी निरीक्षक रिजालले जानकारी दिए ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि