Rato Kagaj पल पलको खबर
Rato Kagaj पल पलको खबर

तीजमा प्रयोग गरिने दतिवनमा ५७ प्रकारका कीटनाशक बस्तु पाइन्छ’

News and Updates
5 घण्टा अघि

पं.ज्यो.डा.रुद्रनाथ अधिकारी

काठमाडौं । नेपालमा तीज पर्वको भिन्न महत्व छ । कुशे औंसीपछि आउने तीजको धार्मिक, सांस्कृति र परम्परागत मान्यताहरु छन् । हिन्दु परम्परा अनुसार भारतमा ‘करवा चौथ’ अथवा चौथी पनि भनिन्छ । नेपालमा हामी यसलाई तृतिया पनि भनिन्छ । यस दिनमा दर खाने, तृतीयाको दिनमा ब्रत बस्ने चलन छ । हाम्रो हिमवत खण्ड र भारतवर्षमा कतिपय पद्धतिहरु मिल्न जान्छ । तर सबै वैदिक पद्धति भनेको भारत खण्डको हो, आर्यवर्तको हो । उनीहरूले करवा चौथ वा चौथी भनेको पनि पिताको आयु, आरोग्य दीर्घायुको कामना गरेर चन्द्रमाको दर्शन गर्ने परम्परा छ ।

पतिको चरणको सेवा गर्ने र पत्नीहरूले पतिको दीर्घायुको कामना गर्ने चलन छ । भारत र नेपालमा कतिपय तौरतरिकाहरु मिल्छन् । हामी पूर्वीय वा त्यहाँभन्दा हामी पूर्वको भएको हुनाले हामी एड्भान्स छौँ, तृतीयालाई मान्छौँ । तृतियाको दिन भगवती गौरीको विशेष चर्चा हुन्छ । हिमवत खण्डमा गौरीलाई हिमालयकी पुत्री मानिएको छ । तृतीयाको दिन उनले भगवान शिव पाउ भनेर ब्रत बसेको अर्थात भगवान शिवलाई पति प्राप्त गर्न सकौं भनेर ब्रत बसेको प्रसंगहरु उल्लेख छन् । उनले ब्रत बसेको र त्याग गरेको दिन जुन छ सोही दिन भगवानको कृपा प्राप्त गरेर गौरीले भगवानको आशीर्वाद प्राप्त गरेको भनाइ पनि छ ।

यसमा अब  शिवरात्रिको प्रसंग पनि जोडिन्छ । शिवरात्रि, कालरात्रि, महारात्रिको सन्दर्भ आउँछ । यि तीनलाई प्रलय रात्रि पनि भनेर भनिन्छ । त्यही दिनमा भगवान शिवको प्राकट्य दिवस पनि हो । त्यही दिन गौरीसँग स्वयम्बर भएको मान्यता छ । र संसारको प्रलय वा शिवले प्रलयको स्वरूप, रुद्र स्वरूपमा संसार विध्वंस गर्नुभएको पनि त्यही प्रलय रात्रि हो । तीज र ब्रतका सवालमा महिलाहरुका सन्दर्भमा विरोधको लागि विरोध गर्ने संस्कार छ । पत्नीको लागि चाहिँ मैले ब्रत बस्नुपर्ने अनि पतिले चाहिँ मेरो लागि बस्नुपर्ने भन्ने यस्ता किसिमको पनि छ ।

तर शास्त्रीय मर्यादा, मान्यता, शास्त्र निर्देशित विषयहरूमा धेरै छन् । वास्तवमा तीजको पञ्चमीमा जस्तो तीज वा द्वितीयाको दिन र अघिल्लो दिन निराहार ब्रत बस्नुपर्ने हुन्छ । निराहार, निर्जल, जल समेत पनि ग्रहण नगरीकन ब्रस्त बस्नुपर्छ । यो ब्रत कठोर, कठिन नहोस् भनेर अघिल्लो दिनमा चाहिँ दर खाने चलन राखिएको हो । दर भनेको द¥हो भोजन हो ।  तीजका सन्दर्भमा स्नेहपूर्वक सबै दिदीबहिनी वा चेलीबेटीहरू जम्मा भएर वर्ष दिनभरिको दुःख सुख साट्ने पनि गरिन्छ । यो हाम्रो संस्कृतिसँगै जोडिएको छ । किनभने वर्ष दिनभरि कोही कहाँ, कोही कहाँ, कोही कहाँ भइन्छ अनि त्यो दिन चाहीं सबै दिदीबहिनीहरू जम्मा भएर ब्रत बस्ने, दर खाने, आमाको स्नेह प्राप्त गर्ने गरिन्छ । आमाको स्नेहको अनुभूत गर्ने, आमालाई खुसी दिने, आमाको स्नेहलाई प्राप्त गर्ने अनि आमाले बनाएर दिएका मिष्ठानहरू खाने चलन छ ।

बर्षभरी भेट नभएका दिदीबहिनी भेट्ने माध्यम पनि हो । दिदीबहिनीको बीचमा सुख र दुःखका गुनासोहरू आपसमा बाँड्ने र साट्ने अनि आफ्ना भाव र व्यथाहरूलाई गीतको माध्यमबाट व्यक्त गर्ने, भगवानको भजन गर्ने गरिन्छ । विशेषगरी भगवानका गुणानुवाद, भजन, गीत, मंगल धुनहरू, मंगल गायनहरू गर्ने भन्ने हिजोको चलन हो । त्यसलाई आफ्नो भावहरूमा व्यक्त गरियो भने भोकप्यासको महसुस नहोस भन्नका लागि हो । खास गरेर भजन गाउने, स्तुति गान, मंगल भगवानको लागि उत्सव मनाउने दिन हो । बेलुका तीजको चाहिँ ब्रतलाई उद्यापन गर्ने र पानी ग्रहण गर्नको लागि अनि बेलुका पुजा गर्ने चलन छ ।

 

ब्रतपछि पुजा गरिसकेपछि सम्पूर्ण आफ्नो इष्ट शिव गौरी शंकरको पुजा हुन्छ । पुजा गरिसकेपछि अनि आज्ञा प्राप्त गरिन्छ, म जल ग्रहण गर्न अथवा म फलफूल फलाहारहरू ग्रहण गर्न आज्ञा चाहन्छु भनेर, अनि पतिको आज्ञा लिएर अथवा पति नहुनेले आफ्नो पितृको आज्ञा लिएर, भाइको आज्ञा लिएर, मान्यजनको आज्ञा लिएर ब्रत फुकाउने चलन छ ।

पञ्चमीको दिनमा अरुन्धतीसहित सप्तऋषिको पूजा गरेर अनि त्यसपछि पञ्चमीको पूजा गर्ने चलन छ । त्यसपछि अपमर्ग स्नान, अपस्नान गर्ने गरिन्छ । तीजमा प्रयोग गरिने दत्तिउनको वैज्ञानिक महत्वपनि छ । विज्ञानले प्रमाणित गरेको छ । त्यसमा ५७ प्रकारका कीटनाशक चिजहरू हुन्छन् भन्ने मान्यता छ । दत्तिवनमा संजीवनी औषधि, सर्वौषधि भनेर भनिएको छ । त्यसको जरादेखि पातसँग र हाँगासम्ममा, फुलसम्म सबै औषधि मानिन्छन् । त्यसमा एन्टीब्याक्टेरियल तत्व पनि छ । तीर्थमा अथवा जलाशयमा गएर, स्नान गरेर अपस्नान ३६५ दिनको ३६५ टुक्रा बनाएर दन्त धावन गर्ने, स्नान गर्ने चलन छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया