५ चैत्र २०८२, बिहीबार
समाचार

बाजुराको बुढिगंगा नदीमा बगेर एक जनाको मृत्यु

बाजुरा । बाजुरामा नदीमा बगेर एक जनाएको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको बडीमालिका नगरपालिका–२ का अन्दाजी २२ वर्षीय हिमाल महत रहेका छन् ।

माछा मार्न गएका महतको बुढिगंगा नदीमा बगरेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।माछा मार्न गएका महत बेलुकीसम्म पनि घर नफर्किपछी आफन्तले प्रहरीलाई खबर गरेका थिए ।

खवर पश्चात जिल्ला प्रहरी कार्यालय बाजुराबाट गएको टोलीले खोजी गर्दा उनको शव फेला परेको प्रहरी नायव उपरीक्षक (डिएसपी) ईकवाल हवारीले बताए ।

उनका अनुसार, मृतक महतको शव बगाएको ठाउँबाट करिव ३ किलोमिटर तल बिरेखोला नजिकै फेला परेको बताएका छन्। घटनाबारे थप आवश्यक अनुसन्धान भईरहेको उनले जानकारी दिए ।

 

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि