२८ आश्विन २०८२, मंगलवार
बागमती मुख्‍य समाचार विशेष समाचार

सुरक्षा निकायका कार्यालयहरूलाई २६ थान सवारीसाधन वितरण

महेन्द्रनगर धनुषा, ९ भदौ : मधेस प्रदेश सरकार गृह, सञ्चार तथा कानुन मन्त्रालयले प्रदेशस्थित सुरक्षा निकायका कार्यालयहरूलाई सवारीसाधन उपलब्ध गराएको छ । आज जनकपुरधाममा गृह, सञ्चार तथा कानुनमन्त्री राजकुमार लेखीले देश र जनताको शान्तिसुरक्षा र सुव्यवस्थामा अहोरात्र खटिने सुरक्षा निकायले स्रोत र साधनको अभाव झेल्न नहुने बताए।

मन्त्रालयले नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धानका प्रदेश र विभिन्न जिल्लास्थित रहेका कार्यालयहरूलाई चारपाङ्ग्रे र दुईपाङ्ग्रे गरी २६ थान सवारीसाधन उपलब्ध गराएको हो । गृह मन्त्रालयका प्रदेश सचिव विमलप्रसाद बरालका अनुसार मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरधामलाई एक थान पिक अप गाडी र २१ मोटरसाइकल हस्तान्तरण गरिएको छ ।

त्यस्तै, राष्ट्रिय अनुसन्धान कार्यालय सप्तरी र रौतहटलाई एक–एक थान पिक अप गाडी वितरण गरेको छभने राष्ट्रिय अनुसन्धान कार्यालय महोत्तरी र धनुषालाई एक–एक थान इलेक्ट्रिकल इभी गाडी वितरण गरेको छ ।

गृहमन्त्री लेखीका अनुसार प्रदेशका आठवटै जिल्लास्थित रहेका जिल्ला प्रहरी कार्यालय र ‘क’ श्रेणीका इलाका प्रहरी कार्यालयहरूलाई केही दिनभित्रै एक–एक थान चारपाङ्ग्र्रे सवारीसाधन वितरण गरिने छ ।

थप समाचारहरु

मुख्‍य समाचार समाज

उदयपुरको सिवाई-बेल्हा जोड्‍ने भाँचिएको पुल बनाउन माग

  १४ साउन, काठमाडौं। उदयपुरका जनप्रतिनिधिसहितको टोलीले त्रियुगा पुल निर्माण सम्पन्न गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालासँग माग
मुख्‍य समाचार राजनीति

कोरियासहितका मुलुकमा मौसमी कामदारका रुपमा श्रम स्वीकृति दिइँदैन : मन्त्रालय

१५ साउन, काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले मौसमी कामदारका रुपमा कोरियासहितका मुलुकमा श्रम स्वीकृति नदिइने स्पष्ट पारेको