२६ आश्विन २०८२, आईतवार
कोशी मुख्‍य समाचार समाचार

संस्कृतिको संरक्षण गर्दै ‘पाँचधारे कला साहित्य केन्द्र’

भोजपुर, ९ भदौः परम्परागत मौलिक संस्कृतिको संरक्षण गर्दै नयाँ पुस्तासम्म पु¥याउने उद्देश्यले भोजपुरमा ‘तीज विशेष लोकगीत प्रतियोगिता’ सम्पन्न भएको छ । टेम्केमैयुङ गाउँपालिका–९ लेखर्कमा सक्रिय आमा समूहहरूबीच प्रतियोगिता गरिएको हो ।

प्रतियोगितामा अजम्बरी आमा समूह प्रथम, चिमल गुँरास आमा समूह द्वितीय र सयपत्री आमा समूह तृतीय भएका छन् । विजेताले प्रमाणपत्र सहित क्रमशः रु पाँच हजार, रु पाँच हजार र रु दुई हजार प्राप्त गरेका छन् । सहभागी सबै समूहलाई रु एक–एक हजार सान्त्वना पुरस्कार प्रदान गरिएको आयोजकले जनाएको छ ।

तीजको सांस्कृतिक महत्त्व उजागर गर्दै परम्परागत लोकगीतको संरक्षण तथा प्रवद्र्धन गर्ने उद्देश्यले कार्यक्रम गरिएको वडाध्यक्ष नभराज माङ्गपाहाङ्गले जानकारी दिए । उनका अनुसार तीजलाई केवल नाचगानमा सीमित नराखी संस्कृति संरक्षण, सामाजिक एकता र महिलाको आत्मविश्वास अभिवृद्धिमा जोड दिनुपर्नेछ ।

कार्यक्रम पाँचधारे कला साहित्य केन्द्र, टेम्केमैयुङ–९, पाँचधारेको आयोजनामा सम्पन्न भएको हो । कार्यक्रममा सात आमा समूहहरूको सहभागिता रहेको थियो । प्रथम पुरस्कार धनकुमार मगर र द्वितीय पुरस्कार प्रताप मुस्कानले प्रायोजन गरेका थिए । त्यस्तै कार्यक्रमका लागि स्थानीय विष्णुराज राईले रु दश हजार सहयोग गरेको साहित्य केन्द्रका सचिव बावुराम शाक्यले जानकारी दिए।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि