२९ आश्विन २०८२, बुधबार
बागमती मुख्‍य समाचार समाचार

नकारात्मक मानसिकता परित्याग गर्न अध्यक्ष नेपालको आग्रह

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले नकारात्मक मानसिकताले निराशा पैदा गर्ने हुँदा हीनभावले ग्रसित नहुन आफ्ना कार्यकर्तालाई आग्रह गरेका छन् ।

‘आजको सन्दर्भमा नेपाली विशेषताको समाजवाद’ विषयक विचार गोष्ठी कार्यक्रमलाई सम्बोधन गर्दै उनले निराश हुने मानिसहरु कम्युनिष्ट पार्टी नै परित्याग गरेर हिड्ने भन्दै आशावादी हुन आग्रह गरेका हुन् ।

उनले भने, ‘जहिले पनि यो नकारात्मक मानसिकताका साथ हीनभावले ग्रसित भएर अघि बढ्ने काम नगर्नुस् । त्यस्ताहरुले पार लगाउँदैनन् । त्यस्ता निराशहरु पलायन हुन्छन् । संयोजन गर्ने मानिसहरु निराश बनाउने पनि छन् र आशावादीहरु पनि छन् । कम्युनिष्ट पार्टीनै परित्याग गरेर हिड्नेहरु पनि छन् ।’

उनले कोही निराशावादीले कम्युनिष्ट पार्टी नै हुँदैन भन्ने भ्रम समेत बाँडेको भन्दै आशावादी भएर अगाडि बढ्न सकिने बताए ।

उनले पार्टीभित्र सकारात्मक सन्देशमात्र दिने काम गर्नुपर्ने भन्दै पार्टी कमिटीभित्रको कुरा आन्तरिक मामिला बनाउनुपर्ने बताए ।

‘हाम्रो पार्टीका नेता कार्यकर्ताले जहिले पनि मासमा सकारात्मक सन्देश दिनुपर्छ । पार्टी कमिटिभित्र बसेर सबै कुराहरु छलफल गर्न पाइन्छ । त्यो पार्टीभित्रको आन्तरिक मामिला बनाउनुपर्छ । पार्टीभित्र बसेर छलफल गर्न सकिन्छ,’ उनले भने ।

उनले अनुशासनहीन मानिसलाई छुट दिन नसकिने भन्दै पार्टीको पक्षमा बोल्नु र विपक्षमा बोल्नु फरक कुरा भएको बताए  ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि