११ फाल्गुन २०८२, सोमबार
कर्णाली मुख्‍य समाचार स्वास्थ्य

मातृ–शिशु स्वास्थ्यसम्बन्धी चेतनाका लागि देउडा गीत

मुगु । जिल्लाको सोरु गाउँपालिका–७ तारापानीमा आयोजित मातृ–शिशु स्वास्थ्यसम्बन्धी जनचेतनामूलक देउडा गीत प्रतियोगिता आयोजना गरिएको छ ।

पछिल्लो समयमा बालबिवाह कायमै हुनुका साथै सामान्य बिरामी हुँदा धामीझाँक्री र झारफुक गर्दा अकालमा मान्छेहरुको ज्यान जाने भएकाले सचेतनाका लागि प्रतियोगिता आयोजना गरिएको हो ।

मातृ शिशुको स्वास्थ्य सुधारको लागि कस्ता खानेकुरा खाने, स्वास्थ्य संस्थामा उपचार कसरी लिने, ब्यक्तिगत तथा सामूहिक, सामूदायिक स्वास्थ्य सरसफाई कसरी गर्ने जस्ता सन्देशमार्फत सांस्कृतिक देउडा प्रतियोगिता आयोजना गरिएको हो ।

गुड नेवर्स इन्टरनेशनल नेपालको आर्थिक सहयोग र किडार्क नेपालको आयोजनामा सम्पन्न प्रतियोगितामा सात वटा स्वास्थ्य आमा समूहको सहभागिता थियो ।

देउडा गीत प्रतियोगिताले ग्रामीण भेगमा स्वास्थ्य चेतना फैलाउन महत्वपूर्ण भूमिका निर्वाह गरेको किर्डाक मुगुका प्रमुख कर्णजङ्ग शाहीले बताए ।

कार्यक्रममा सहभागी भएका ६  समूहहरूले सुत्केरी सेवा, पोषण, नियमित खोप, स्तनपान, सरसफाइ तथा शिशु रोगहरूबाट बच्ने उपाय जस्ता विषयवस्तुमा आधारित सन्देशमूलक देउडा गीतमार्फत प्रस्तुत गरेका थिए ।

प्रतियोगितामा सहभागी समूहहरूले सफा सुत्केरी सेवा, नियमित स्वास्थ्य परीक्षण, सुत्केरीबेला पोषण, खोप, स्तनपान, बाल संरक्षण लगायत विषयमा आधारित देउडा गीतहरू प्रस्तुत गरेका थिए । सहभागिलाई पुरस्कारसंगै सम्मान समेत गरियो ।

प्रतियोगितामा सहभागी समूहहरूले सफा सुत्केरी सेवा, नियमित स्वास्थ्य परीक्षण, सुत्केरीबेला पोषण, खोप, स्तनपान, बाल संरक्षण लगायत विषयमा आधारित देउडा गीतहरू प्रस्तुत गरेका थिए । कार्यक्रममा स्वास्थ्यकर्मी, स्थानीय, शिक्षक,युवा क्लब, महिला समूह लगायतको उत्साहजनक उपस्थिति थियो।

थप समाचारहरु

मुख्‍य समाचार समाज

उदयपुरको सिवाई-बेल्हा जोड्‍ने भाँचिएको पुल बनाउन माग

  १४ साउन, काठमाडौं। उदयपुरका जनप्रतिनिधिसहितको टोलीले त्रियुगा पुल निर्माण सम्पन्न गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालासँग माग
मुख्‍य समाचार राजनीति

कोरियासहितका मुलुकमा मौसमी कामदारका रुपमा श्रम स्वीकृति दिइँदैन : मन्त्रालय

१५ साउन, काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले मौसमी कामदारका रुपमा कोरियासहितका मुलुकमा श्रम स्वीकृति नदिइने स्पष्ट पारेको