Rato Kagaj पल पलको खबर
Rato Kagaj पल पलको खबर

आम्दानीको मुख्य स्रोत बन्दै दुनाटपरी

रातो कागज
16 घण्टा अघि

कञ्चनपुर, ९ भदौः शुक्लाफाँटा नगरपालिका–६ कसरौलकी कन्यादेवी राना पछिल्लो चार वर्षदेखि दुनाटपरी बनाउने व्यवसायमा संलग्न रहदै आउनु भएको छ । दैनिक जीवनयापनका लागि सुरु गरिएको व्यवसाय परिवारको मुख्य आम्दानीको स्रोत बनेको छ ।

रानाले शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रअन्तर्गत गठित सुनदेवी मध्यवर्ती उपभोक्ता समितिको सहयोगमा दुनाटपरी उद्योग सञ्चालन गर्दै आएका छन् । समितिले अवलोकन भ्रमण, आधारभूत तालिम सँगै दुनाटपरी बनाउने मेसिन र डाई खरिदका लागि करिब रु सात लाख सहयोग गरेको छ ।

दुनाटपरी बनाउन आवश्यक कच्चापदार्थ सालका पातका लाफा९सालका पातलाई एक आपसमा गाँस्ने कार्य लालझाडीका स्थानीय बासिन्दाबाट खरिद गर्दै आएको राना बताउछन् । उनका अनुसार एउटा लाफाको मूल्य ५० पैसा देखि २ रुपैयाँ सम्म पर्छ । केही सालका पात नागेश्वर सामुदायिक वनबाट सङ्कलन गरी ल्याइने गरिएको उनले बताए ।

मासिक रुपमा रु ४० हजार बराबरका लाफा मात्रै खरिद हुने गरेका छन् । पातका तयार गरिएका लाफा तथा पात ल्याएर सुकाइन्छ, रानाले भने, त्यसपछि मेसिनमा राखेर आवश्यकता अनुसारका दुनाटपरी तयार गर्दै आएका छौंँ ।
बनाइएका दुनाटपरी एक रुपैयाँदेखि पाँच रुपैयाँ सम्ममा बिक्री हुने गरेका छन् । रानाले पाँच प्रकारका दुनाटपरी उत्पादन गर्ने गरेको बताउनुभयो । विवाह, व्रतबन्ध, पूजा आजा जस्ता धार्मिक तथा सांस्कृतिक काममा दुनाटपरीको माग बढी हुन्छ, भने अन्य समयमा अलि कम हुन्छ । दुनाटपरी प्रायः ५० वा १०० को प्याकेटमा तयार गरेर बजारमा पु¥याइन्छ ।

महिनामा खर्च कटाएर रु ३० हजार जति कमाइ हुन्छ,” उहाँले भन्नुभयो, माग धेरै भए पनि पात अभावका कारण उत्पादन बढाउन सकिएको छैन । सामुदायिक वनले चाहेजति पात सङ्कलन गर्न अनुमति नदिँदा उत्पादन सीमित मात्रामा हुने गरेको उनी बताउछन् । रानाले बनाएका दुनाटपरी महेन्द्रनगर, धनगढी, डडेल्धुरा र अत्तरियासम्म बिक्री हुने गर्छ ।

त्यस्तै, स्थानीय पूजा सामग्री बेच्ने व्यवसायीलेसमेत ठूलो मात्रामा खरिद गर्ने गरेका छन । पोखरा र काठमाडौँ सम्मबाट समेत दुनाटपरीको अर्डर आएको थिया। उनले भने, तर कच्चापदार्थ अभावले पठाउन सकेनौंँ । राना आफ्नै घरमा मेसिन प्रयोग गरेर दुनाटपरी तयार गरे । तयार भएको दुनाटपरी बजारसम्म पु¥याउने, पात र लाफा खरिद गर्ने काममा उनका श्रीमान् रतनलाल रानाले सहयोग गरे ।

उद्योगलाई अझ विस्तार गर्न सकिन्छ, तर कच्चा पदार्थकै समस्या छ, रतनलालले भने, सामुदायिक वनसँग निरन्तर समन्वय गरेर आवश्यक पात उपलब्ध गराउने प्रयास भइरहेको छ । दुनाटपरी उत्पादन व्यवसायका अवसर धेरै भए पनि कच्चापदार्थ अभावले ठूलो चुनौती बनिरहेको उनी बताउछन् । यदि उत्पादन बढाउन सकिने अवस्था बनेमा पात सङ्कलन गर्ने, लाफा तयार गर्ने र सिन्का बनाउने स्थानीयलाई रोजगारी दिन सकिने उनको भनाइ छ ।

दुनाटपरीलाई प्लास्टिकको विकल्पका रूपमा प्रयोग गरिनुपर्छ सुनदेवी उपभोक्ता समितिका कोषाध्यक्ष हबलदार चौधरीले भने, स्थानीय तहले प्लास्टिकयुक्त प्लेट लगायतका वस्तुको निषेध गरी वातावरण मैत्री दुनाटपरीलाई प्रवद्र्धन गर्न आवश्यक छ ।प्लास्टिकमुक्त क्षेत्र घोषणा भए दुनाटपरी उद्योगलाई अगाडि बढाउन सकिने उल्लेख गर्नुहुदै उनले वातावरण स्वच्छ हुने मात्र नभएर स्थानीयलाई रोजगारी दिन सकिने बताए ।

समितिले दातृ निकायसँग समन्वय गरी उद्योगलाई थप व्यवस्थापन गर्न सहयोग जुटाउने प्रयास गरिरहेको उनको भनाइ रहेको छ । उनका अनुसार सामुदायिक वनसँग पात सङ्कलनमा सहजता ल्याउन सहमति भएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया