३ चैत्र २०८२, मंगलवार
मुख्‍य समाचार राजनीति समाचार

पोखरामा सबै ठाउँलाई सडकसञ्जालले जोड्ने काम भईरहेको छ : नगर प्रमुख आचार्य

पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले सबै ठाउँलाई सडकसञ्जालले जोड्ने काम भईरहेको बताएका छन् ।

आइतबार लामाचौर तीज महोत्सवको उद्घाटन गर्दै नगर प्रमुख आचार्यले पोखराको सबै नाका जोडिने गरी सडक विस्तारको काम भईरहेको बताए ।

उनले भने, ‘नेपाल सरकारको समपुरकको लागि प्राप्त हुने बजेटमा गएको तीन वर्षदेखी एउटै मात्र कार्यक्रम हामीले भरेर पठाएका छौ । त्यो कम्तिमा  माछापुच्छ्रेसम्म जाने सडक बनोस् भनेर अर्को वर्ष हामी माछापुच्छ्रेसम्म पुग्नेछौ । यसो हुँदा यहाँको उत्तरी क्षेत्र यसले कभर गर्नेछ भने पोखराको पूर्वी क्षेत्रमा रुपादेखी देउरालीसम्म पुग्ने बाटो पक्का गरिसकेका छौ । दक्षिणतर्फ कुरिनटारदेखी दोभिलाहुँदै विरौटासम्म आउने बाटो बनेको छ ।’

उनले पश्चिमतर्फको राजमार्ग र सिदार्थ राजमार्गको स्तरउन्नितिको काम हुँदै गरेको पनि जाकारी दिए ।

आइतबारबाट सुरु भएको लामाचौर तीज महोत्सव १० गतेसम्म चल्नेछ ।  नव आदर्श सामुदायिक विकास समाजले आयोजना गरेको यो महोत्सवमा युवाहरुका लागि भलिवल प्रतियोगिताको आयोजना गरिनुकासाथै बालवालिकाहरुका लागि पनि थुप्रै कार्यक्रमको आयोजना गरिएको छ ।

यस्तै महोत्सवमा लोकदोहोरी प्रतियोगिता र नृत्य प्रतियोगिताको समेत आयोजना गरिएको नव आदर्श सामुदायिक विकास समाजले जनाएको छ ।

 

 

 

 

 

 

 

 

 

 

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि