२६ आश्विन २०८२, आईतवार
कोशी मुख्‍य समाचार समाचार

लेखर्कका सुत्केरीलाई घ्यू वितरण

भोजपुर, ८ भदौ : सुत्केरी आमा र नवजात शिशुको स्वास्थ्य सुधार गर्ने उद्देश्यले भोजपुरको टेम्केमैयुङ–९ लेखर्कमा पोषण सामग्री वितरण गरिएको छ । वडाले यहाँका लक्षित सुत्केरी महिलालाई पोषण सामग्री दिएको हो ।

वडाले करिब रु ७५ हजार बजेट विनियोजन गरी २० जना सुत्केरी महिलालाई घ्यू, अण्डा, गेडागुडी, सरसफाइका सामग्री लगायत पोषण सामग्री उपलब्ध गराएको वडाध्यक्ष नभराज माङ्गपाहाङ्गले जानकारी दिए ।

उनका अनुसार सुत्केरी आमामा पोषण कमी नहोस् र नवजात शिशुको स्वास्थ्य सुदृढ होस् भन्ने उद्देश्यका साथ गत वर्षदेखि कार्यक्रम सञ्चालनमा ल्याइएको हो । वडाका २० जना सुत्केरीलाई पोषण सामग्री वितरण गरेका छौँ, माङ्गपाहाङ्गले भने, आमा र बच्चाको स्वास्थ्यमा ध्यानमा राखेर सामग्री दिएका हौँ । यसलाई हामी निरन्तरता दिन्छौँ । कार्यक्रमले सुत्केरी र बच्चाको पोषणको क्षेत्रमा सहजता थप्ने अपेक्षा लिएका छौँ ।

सो अवसरमा सहभागीलाई स्थानीय खाद्य वस्तु, जैविक खानेकुराको महत्व र पोषणसँग सम्बन्धित सचेतना मूलक सन्देश पनि दिइएको छ ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि