२१ फाल्गुन २०८२, बिहीबार
मधेश मुख्‍य समाचार राजनीति

कांग्रेस सर्लाही सभापति सिंहले दिए राजीनामा

रौतहट । नेपाली कांग्रेस सर्लाहीको सभापति पदबाट सुरेन्द्रप्रसाद सिंहले राजीनामा दिएका छन ।

नेपाली कांग्रेसका केन्द्रीय सभपाति शेरबहादुर देउवालाई सम्बोधन गर्दै उनले  राजीनामा पत्र बुझाएका हुन् ।

तत्कालिन मनुस्मारा सिँचाई आयोजनाको जल उपभोक्ता समितिको अध्यक्ष रहँदा आर्थिक अनियमितता मुद्दामा विशेष अदालतले केही समयअघि दोषी ठहर गरेको थियो ।

सर्वोच्च अदालतले समेत विशेषको फैसला सदर गर्दै उनलाई चार महिना १५ दिन कैद र एक करोड २३ लाख रुपियाँ बिगो भराउने फैसला गरेको थियो ।

अदालतले दिएको आदेशलाई स्वीकार गर्दै नेपाली कांग्रेस सर्लाहीको सभापति पदबाट राजीनामा दिएको सिंहले जारी गरेको पत्रमा उल्लेख छ ।

‘आफुमाथि लगाइएको मुद्दा अदालतबाट सदर भएको अवस्थामा छ,’ उनले भने, ‘अदालतको आदेश मान्नु मेरो कर्तव्य पनि हो ।’

पार्टीको जिम्मेवार पदबाट राजीनामा दिएपनि आफू सदैव नेपाली काँग्रेसप्रतिको आस्था र विचारलाई अंगिकार गरेर अघि बढ्ने प्रतिबद्धता जनाएका छन ।

जिल्ला सभापतिबाट सिंहले राजीनामा दिएपनि कार्यवाहक तोक्न भने बाँकी छ । २०७८ साल फागुन २९ गते सर्लाही सभापति पदमा निर्वाचित भएका सिंह दुई पटक पाटीको जिल्ला उपसभापतिको जिम्मेवारी समेत निर्वाह गरिसकेका छन् ।

थप समाचारहरु

राजनीति

विश्वासको मत लिनुअघि नै कोशी सरकारको हैसियत कामचलाउ

२८ असार, विराटनगर । प्रदेशसभामा विश्वासको मत परीक्षण गर्नुअगाडि नै कोशीका मुख्यमन्त्री उद्धव थापा नेतृत्व सरकारको हैसियत कामचलाउ बन्न पुगेको
राजनीति

सामाजिक सञ्जाललाई मर्यादित बनाउन कानुन ल्याउँछौं : सञ्‍चारमन्त्री शर्मा

२८ असार, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सामाजिक सञ्जाललाई मर्यादित बनाउन ठोस कदम चाल्ने बताएकी छन् ।