२९ आश्विन २०८२, बुधबार
बागमती मुख्‍य समाचार समाचार

कार्यालय सहयोगीको भन्दा शिक्षकको तलब कम छ, यस्तो पनि हुन्छ ? ः डा. कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले शिक्षकमाथि राज्यले उचित मूल्यांकन नगरेकोप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन् ।

शुक्रबारकाठमाडौंस्थित ज्ञानज्योति महिला माध्यमिक विद्यालयको २०औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले शिक्षा प्रणालीको वर्तमान अवस्थाबारे धारणा राखेका हुन् ।

कोइरालाले भने, ‘हामी नेपालीहरूमा क्षमता छैन भन्ने होइन, क्षमता छ । तर त्यो क्षमतालाई उजागर गर्न सकिरहेका छैनौं ।’

उनले शिक्षकमाथिको तलब संरचनाप्रति आक्रोश जनाउँदै थपे, ‘कार्यालय सहायकको भन्दा शिक्षकको तलब कम छ यो देशमा । यस्तो पनि हुन्छ ? अनि शिक्षकहरूले कसरी मन लगाएर काम गर्ने? यसबारे सोच्न जरुरी छ ।’

उनले शिक्षा क्षेत्रका समस्या समाधान गर्न राज्यले गम्भीर ध्यान दिनुपर्ने बताए । ‘अहिले शिक्षकहरूका बारेमा विधेयक बन्दैछ । राज्यले सामुदायिक र सरकारी विद्यालयहरूलाई कसरी गुणस्तरीय बनाउने भन्नेमा प्राथमिकता दिनुपर्छ,’कोइरालाले भने ।

शिक्षकको कम तलबले विद्यार्थीको पढाइमा प्रत्यक्ष असर पार्ने उनको भनाइ थियो । साथै, उनले शिक्षा नै राष्ट्रको समृद्धिको मूल आधार भएको उल्लेख गर्दै शिक्षा क्षेत्रमा लगानी गर्न सरकारलाई आग्रह गरे ।

‘देशको आर्थिक अवस्था कमजोर छ तर शिक्षा नै सबैभन्दा महत्वपूर्ण कुरा हो ।’ उनले भने । उनले  कुनै पनि देशलाई विश्वमा चिनाउने माध्यम शिक्षा नै हो भन्ने बुझ्न जरुरी रहेको बताए ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि