२६ आश्विन २०८२, आईतवार
कोशी मुख्‍य समाचार समाचार

मेची भन्सारको राजस्व बढ्यो

भद्रपुर झापा, ६ भदौः मेची भन्सार कार्यालयले चालु आर्थिक वर्षको पहिलो महिनामा रु एक अर्ब २६ करोड ५० लाख ७९ हजार राजस्व सङ्कलन गरेको छ । यो अघिल्लो आवको सोही अवधिको तुलनामा सात दशमलव ७४ प्रतिशतले बढी हो ।

मेची भन्सार कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईर्क अनुसार गत आवको साउनमा रु एक अर्ब १७ करोड ४० लाख ९१ हजार राजस्व सङ्कलन भएको थियो । मेची भन्सारबाट गत आवको साउनको तुलनामा चालु आवको सोही महिनामा आयात चार दशमलव ९० प्रतिशत र निर्यात १४ दशमलव ६८ प्रतिशतले घटेको छ । आयात निर्यातमा कमी आए पनि राजस्व रकम भने आयातबाट छ दशमलव ८७ प्रतिशत र निर्यातमा ८० दशमलव १४ प्रतिशतले बढेको छ, उनले भने ।

काँकरभिट्टा नाकाबाट पेट्रोलियम पदार्थ, यातायातका साधन र तिनका पाटपुर्जा, खनिज उत्पादन, जुत्ताचप्पल, सौन्दर्य प्रसाधन लगायत आयात हुने गरेको छ । यहाँबाट चिया, अलँैची,अम्रिसो, अदुवा लगायत उत्पादन निर्यात हुने गरेको छ ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि