२८ आश्विन २०८२, मंगलवार
बागमती मुख्‍य समाचार समाचार

यस्तो छ आज फलफूल तथा तरकारीको मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (शुक्रबार)का लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ ।

जसनुसार आज गोलभेंडा ठूलो (नेपाली) प्रतिकिलो ८०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो २५, गोलभेँडा सानो (टनेल) प्रतिकिलो ३३, आलु रातो प्रतिकिलो ४९, आलु रातो (भारतीय) प्रतिकिलो २८, आलु रातो (मुडे) प्रतिकिलो ४४, आलु सेतो प्रतिकिलो ३७, प्याज सुकेको (भारतीय) प्रतिकिलो ४२, गाजर (लोकल) प्रतिकिलो १२०, गाजर (तराई) प्रतिकिलो १००, बन्दा (लोकल) प्रतिकिलो २८ रुपैयाँ न्यूनतम थोक मूल्य निर्धारण गरिएको छ ।

यस्तै, काउली स्थानीय प्रतिकिलो ११०, काउली (तराई) प्रतिकिलो ९०, रातो मूला प्रतिकेजी ४५, सेतो मूला (हाइब्रिड) प्रतिकिलो ४२, भन्टा लाम्चो प्रतिकिलो ४०, भन्टा डल्लो प्रतिकिलो ५०, तने बोडी प्रतिकिलो १०० र मकै बोडी प्रतिकिलो ८० निर्धारण गरिएको छ ।

यसैगरी समितिले घिउ सिमी (लोकल) प्रतिकिलो ११०, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो १००, टाटे सिमी प्रतिकिलो १००, भटमास कोसा प्रतिकिलो ९०, तीतो करेला प्रतिकिलो ७०, लौका प्रतिकिलो ६५, परबर (लोकल) प्रतिकिलो ७५, परबर (तराई) प्रतिकिलो ७५, चिचिण्डो प्रतिकिलो ४२, घिरौला प्रतिकिलो ६५, झिगुनी प्रतिकिलो ६५, फर्सी पाकेको प्रतिकिलो ३५, फर्सी हरियो (लाम्चो) प्रतिकिलो ६०, हरियो फर्सी (डल्लो) प्रतिकिलो ७०, सलगम प्रतिकिलो १००, भिण्डी प्रतिकिलो ७० तोकिएको छ ।

समितिले पिँडालु प्रतिकिलो ७०, स्कूस प्रतिकिलो ३०, रायोसाग प्रतिकिलो १३०, पालुङ्गो साग प्रतिकिलो १००, तोरीको साग प्रतिकिलो ८०, हरियो प्याज प्रतिकिलो ८०, च्याउ (कन्य) प्रतिकिलो २००, च्याउ (डल्ले) प्रतिकिलो ३५०, कुरिलो प्रतिकिलो ३५०, न्यूरोे प्रतिकिलो ८०, ब्रोकाउली प्रतिकिलो २२०, चुकुन्दर प्रतिकिलो ६०, सजिवन प्रतिकिलो १८०, रातो बन्दा प्रतिकिलो २५०, जिरीको साग प्रतिकिलो ८०, सेलरी प्रतिकिलो १५०, पार्सले प्रतिकिलो १२००, सौफको साग प्रतिकिलो १४०, पुदिना प्रतिकिलो ६००, इमली प्रतिकिलो १८०, तामा प्रतिकिलो १००, तोफु प्रतिकिलो १०० र गुन्द्रुक प्रतिकिलो २५० निर्धारण गरिएको छ ।

समितिले स्याउ (झोले) प्रतिकिलो २२०, स्याउ (फुजी) प्रतिकिलो २७०, केरा (दर्जन) १४०, कागती प्रतिकिलो १३०, अनार प्रतिकिलो ३२०, सुन्तला (भारतीय) प्रतिकिलो ३००, तरबुजा हरियो प्रतिकिलो ७०, मौसम प्रतिकिलो १४०, जुनार प्रतिकिलो २२०, भुइँकटहर प्रतिगोटा १४०, काँक्रो (लोकल) प्रतिकिलो ५०, काँक्रो (हाइब्रिड) प्रतिकिलो २०, रुखकटहर प्रतिकिलो ४०, नासपाती (लोकल) प्रतिकिलो ८०, नासपाती (चाइनिज) प्रतिकिलो २२०, मेवा (नेपाली) प्रतिकिलो ५५, मेवा (भारतीय) प्रतिकिलो ९०, अम्बा प्रतिकिलो २२० र लप्सी प्रतिकिलो ५५, किबी प्रतिकिलो ३५० र आभोकाडो प्रतिकिलो २५० तोकेको छ ।

 

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि