१० माघ २०८२, शनिबार
मधेश मुख्‍य समाचार राजनीति

जनताको भावना अनुरूप नै मुलुकको विकासका लागि वर्तमान स्थायी सरकार बनेको हो : मन्त्री खड्का

लहान । ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री दिपक खड्काले स्व. प्रदीप गिरीको योगदानका लागि इतिहासले सदैव सम्मानका साथ स्मरण गर्ने बताएका छन् ।

सामाजवादी चिन्तक र नेपाली काँग्रेसका नेता स्व. प्रदीप गिरीको तेस्रो स्मृति दिवसका अवसरमा बिहीबार लहानमा आयोजित स्मृति दिवसमा बोल्नु हुँदै मन्त्री खड्काले सो कुरा बताएका हुन् ।

स्व. गिरीलाई स्मरण गर्नु हुँदै मन्त्री खड्काले भने, ‘स्व. प्रदीप गिरी सबै पार्टीका नेता हुनुहुन्थ्यो, जसले मुलुकको प्रगतिको लागि ठूलो योगदान पुर्याउनुभएको थियो ।’

उनले प्रदीप गिरीको दृष्टिकोण र कार्यक्षेत्रलाई स्मरण गर्दै थपे, ‘विपी कोइरालाको विचारसँग प्रभावित भएर उहाँ स्थापित भएका थिए । वहाँको अभाव आज पनि मुलुकमा खड्कीको रूपमा खडा छ ।’ मन्त्री खड्काले प्रदीप गिरीको योगदानलाई मुलुकका लागि अमूल्य भन्दै, ‘नेपाली जनतालाई रैतिबाट जनता बनाउन स्व. प्रदीप गिरीको ठूलो योगदान थियो,’ उनले भने।

वर्तमान सरकारको संरचना र उद्देश्यमाथि कुरा गर्दै मन्त्री खड्काले भने, ‘तथ्यको आधारमा, स्थायी सरकार नबनेसम्म मुलुकको विकास असम्भव छ । जनताको चाहनामा आधारित वर्तमान सरकार गठन गरिएको हो र यो सरकार आगामी निर्वाचनसम्म दुई दलकै बीचमा सञ्चालित हुनेछ ।’ उनले सरकारको प्राथमिकता जनताको समस्याहरूको समाधानमा केन्द्रित रहेको पनि बताए ।

सिंचाई र कृषिमा महत्वपूर्ण कदमहरूका बारेमा मन्तव्य राख्दै, मन्त्री खड्काले मधेश प्रदेशको वडा स्तरीय दाता संकलनको पहल र सिंचाई व्यवस्थापनको लागि सरकारले ठोस कदम उठाइरहेको जानकारी दिए ।

थप समाचारहरु

राजनीति

विश्वासको मत लिनुअघि नै कोशी सरकारको हैसियत कामचलाउ

२८ असार, विराटनगर । प्रदेशसभामा विश्वासको मत परीक्षण गर्नुअगाडि नै कोशीका मुख्यमन्त्री उद्धव थापा नेतृत्व सरकारको हैसियत कामचलाउ बन्न पुगेको
राजनीति

सामाजिक सञ्जाललाई मर्यादित बनाउन कानुन ल्याउँछौं : सञ्‍चारमन्त्री शर्मा

२८ असार, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सामाजिक सञ्जाललाई मर्यादित बनाउन ठोस कदम चाल्ने बताएकी छन् ।