२९ आश्विन २०८२, बुधबार
बागमती मुख्‍य समाचार समाचार

ओलम्पिक कमिटीको तदर्थ समितिको नाम सार्वजनिक

काठमाडौं । नेपाल ओलम्पिक कमिटी(एनओसी)को तदर्थ समितिका सदस्यहरुको नामावली सार्वजनिक भएको छ ।

बिहीबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै समितिले सबै सदस्यहरुको नामावली सार्वजनिक गरेको हो ।

लामो समयदेखि चल्दै आएको विवाद र उत्पन्न अन्यौलताबारे बहुमत राष्ट्रिय खेल संघहरूले तदर्थ कार्य समिति गठन गरिएको पनि पत्रकार सम्मेलनमा जानकारी गराइयो ।

संस्थागत सर्वमान्य सिद्धान्त बमोजिम नेपाल ओलम्पिक कमिटिका बहुमत सदस्य राष्ट्रिय खेल संघहरूको श्रावण २६ गतेका दिन संयुक्त बैठक बसी नेपाल ओलम्पिक कमिटिका निवर्तमान अध्यक्ष ध्रुव बहादुर प्रधानको अध्यक्षतामा कमिटिको तदर्थ कार्य समिति र कार्य समिति अन्तरगत रहने गरी चारवटा विषयगत उप–समितिहरू गठन गरेको घोषणा समेत गरिएको छ ।

समितिले ओलम्पिक कमिटिमा भएका समस्याहरूको समाधानका लागि आईओसि लगायत नेपाल खेलकुद परिषद् तथा विभिन्न निकायहरूसँग आवश्यक समन्वय गरी नेपालमा ओलम्पिक गतिविधिलाई निरन्तरता दिने र निकट भविष्यमा ओलम्पिक कार्यक्रम अन्तरगत आयोजना हुने बृहत्त खेलकुदमा खेलाडीहरूको खेल्न पाउने अधिकार सुनिश्चित गर्नेछ ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि