Rato Kagaj पल पलको खबर
Rato Kagaj पल पलको खबर

प्रहरी चेकिङमा मोटरसाइकल दुर्घटना हुँदा सामाजिक अभियन्ता पुष्पकुमार चौधरीको मृत्यु

News and Updates
5 घण्टा अघि

मोरङ । विराटनगरमा सवारी जाँचको क्रममा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा मोटरसाइकल चालक सुनसरीको बर्जु गाउँपालिका–६ का २८ वर्षीय पुष्पकुमार चौधरीको मृत्यु भएको हो ।

घटना गएराति ८स्२० बजेको हो । जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको टोलीले विराटनगर महानगरपलिका–४ दूधफारम चोकमा ट्राफिक प्रहरीसहित चेकिङ गरिरहेको थियो ।

विराटनगरबाट नेमुवातर्फ जाँदै गरेको प्रदेश १–०२–००१ क ५१८९ नम्बरको मिनी ट्रकलाई प्रहरीले रोकेर जाँच गर्न खोज्दा सोही दिशाबाट आउँदै गरेको प्रदेश १–०२–००४६ प ६४०१ नम्बरको मोटरसाइकल ट्रकको पछाडि ठोक्किएको थियो ।

प्रहरीले ट्रक रोकेपछि तीव्र गतीमा आउँदै गरेको मोटरसाइकल ठोक्किएर दुर्घटना भएको थियो। दुर्घटनामा गम्भिर घाइते भएका चालक चौधरीको नोबेल अस्पताल विराटनगरमा उपचारका क्रममा मृत्यु भएको हो । मृतक चौधरी सामाजिक अभियन्ता हुन् । मृतक चौधरीको आजै अन्त्येष्टि गरिएको छ ।

दुर्घटनापछि ट्रक चालक मोरङको बुढीगंगा गाउँपालिका–१ का ३१ वर्षीय सन्तोषकुमार आचार्यलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

 

 

 

फेसबुकबाट तपाईको प्रतिक्रिया