२१ फाल्गुन २०८२, बिहीबार
समाचार समाज

सासूले गरिदिइन् बुहारीको विवाह

२१ मंसिर, विराटनगर। सुनसरीको इटहरीमा सासु र जेठाजुले बुहारीको पुन: विवाह गरिदिएका छन् । इटहरी उपमहानगरपालिका-२ की जानुका पौडेल र छोरा पुण्य पौडेलले कान्छी बुहारी ३४ वर्षीया सुजा पौडेलको धार्मिक परम्पराअनुसार बिहीबार विवाह गरिदिएका हुनु ।

२०६९ सालमा जानुकाकी कान्छो छोरा फणीन्द्रसँग झापाको बैगुन्धुराकी सुजाको मागी विवाह भएको थियो । फणीन्द्रको २०७१ मृत्यु भएको थियो । छोराको मृत्यु भएको ९ वर्षपछि परिवारले बुहारीलाई सुनसरी डुम्राहाका रमेश रेग्मीसँग विवाह गरिदिएका हुन् ।

कान्छी बुहारीको रुपमा भित्र्याएकी सुजालाई छोरीको रुपमा विवाह गराइदिएको जानुकाले बताइन् । बुहारीको माइती पक्षसँग पनि छलफल गरेर विवाह गरिदिएका जेठाजु पूण्यले बताए ।

बेहुला रमेश रेग्मीको पहिलो श्रीमतीको दुई वर्ष पहिले मृत्यु भएको थियो । उनका एक छोरा र एक छोरी छन् । बेहुली सुजाकी पनि एक छोरी छन् ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि