Rato Kagaj पल पलको खबर
Rato Kagaj पल पलको खबर

राष्ट्रियसभा बैठकमा दुई प्रतिवेदन पेस

रातो कागज
3 घण्टा अघि

काठमाडौँ, ३ भदौँः राष्ट्रियसभामा दुई संसदीय समितिको फरक फरक प्रतिवेदन पेस गरिएको छ ।

सभाको आजको बैठकमा ‘प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त नेपाल नागरिकता दोस्रो संशोधन विधेयक, २०८१ सम्बन्धी विधायन व्यवस्थाको प्रतिवेदन’ र ‘राष्ट्रिय निकुञ्जहरुसँग सम्बन्धित नीतिगत समस्यासम्बन्धी अध्ययन प्रतिवेदन, २०८२’ पेस गरिएको हो ।

बैठकमा विधायन व्यवस्थापन समितिका सभापति तुलसाकुमारी दहालले ‘प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त नेपाल नागरिकता दोस्रो संशोधन विधेयक, २०८१ सम्बन्धी विधायन व्यवस्थाको प्रतिवेदन’ सभासमक्ष पेस गरेका थिए ।

उक्त प्रतिवेदन पेस गर्दै उनले विधेयकका कुल आठवटा दफामा प्रतिवेदनले ६ वटा दफामा संशोधन गरी विधेयकलाई थप परिमार्जन गरेको सभालाई जानकारी दिए । यस विधेयक उपर ३६ सांसदले ३५ वटा संशोधन प्रस्ताव दर्ता गराएका थिए ।

सभापति दाहालले यस विधेयकले मूलतः संविधानमा व्यवस्था भएबमोजिम बाबुको पहिचान नभएकालाई आमाका नामबाट नागरिकता प्रदान गर्ने उद्देश्य लिएको उल्लेख गरे । विधेयकले आमा र बाबुमध्ये कुनै एकको नाम, थर, ठेगाना नेपाली नागरिकताको प्रमाणपत्रमा उल्लेख गर्न नचाहने व्यक्तिलाई त्यस्तो विवरण उल्लेख नगरी नेपाली नागरिकता प्रदान गर्ने उद्देश्य लिएको छ ।

यसैगरी सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति सभापति मायाप्रसाद शर्माले राष्ट्रिय निकुञ्जहरुसँग सम्बन्धित नीतिगत समस्यासम्बन्धी अध्ययन प्रतिवेदन, २०८२’ पेस गरेका थिउ । उनले यस प्रतिवेदनले विकास र संरक्षणका क्षेत्रमा देखिएका फरक धारणालाई साँघुरो पारी संरक्षणसहितको विकासलाई अघि बढाउन सहयोग पुर््याउने विश्वास व्यक्त गरे ।

फेसबुकबाट तपाईको प्रतिक्रिया