७ माघ २०८२, बुधबार
अर्थ बागमती मुख्‍य समाचार समाचार

नेप्से वृद्धिमा निरन्तरता, कारोबार रकम साढे ५ अर्बमा सिमित

काठमाडौं । साताको दोस्रो कारोबार दिन आज (मंगलबार) पनि नेप्से परिसुचक ६.५१ अंकले बढेर २७७६.९० बिन्दुमा पुगेर रोकिएको छ । सोमबार पनि नेप्से परिसुचक ९.१६ अंकले बढेर २७७०.३९ बिन्दुमा पुगेर रोकिएको थियो ।

यसदिन कुल ३१६ स्टकको ५ अर्ब ६३ करोड ६५ लाख ४८ हजार ३८ रुपैयाँ बराबरको १ करोड ३१ लाख २४ हजार ३१० कित्ता शेयर कारोबार भएको छ । यसअघि सोमबार ६ अर्ब १७ करोड ९८ लाख ५५ हजार २०९ रुपैयाँ बराबरको १ करोड ५२ लाख २९ हजार ८२१ कित्ता शेयर कारोबार भएको थियो ।

आज सेन्सेटिभ इन्डेक्स १.७३ अंकले बढेको छ । फ्लोट इण्डेक्स ०.४० अंकले बढेको छ भने सेन्सेटिभ फ्लोट इण्डेक्स भने ०.४९ अंकले बढेको छ ।

यस दिन सान्भी इनर्जी लिमिटेडको शेयर मूल्य ४७.४९ रुपैयाँले बढेर ७२७.९३ रुपैयाँमा अन्तिम कारोबार भएको छ । पियोर इनर्जी हाइड्रो पावरको शेयर मूल्य प्रतिकित्ता ५३.१० रुपैयाँले बढेर ९२५.६१ रुपैयाँमा अन्तिम कारोबार भएको छ । इस्र्टन हाइड्रो पावरको शेयर मूल्य प्रतिकित्ता २६.९० रुपैयाँले बढेर ६१४.७५ रुपैयाँमा अन्तिम कारोबार भएको छ । यस्तै, सिटि होटल लिमिटेडको शेयर मूल्य २०.८७ रुपैयाँले बडेर ६०३.६० रुपैयाँमा अन्तिम कारोबार भएको छ ।

यसदिन नारायणि विकास बैंकको शेयर मूल्य सबैभन्दा धेरै ६.१४ प्रतिशतले घटेर १४५९.२५ रुपैयाँमा कारोबार भएको छ । युनाइटेड मोदी हाइड्रो पावरको शेयर मूल्य ४.१८ प्रतिशतले घटेर प्रतिकित्ता ५८१.४१ रुपैयाँमा अन्तिम कारोबार भएको छ ।

यस दिन युनाइटेड मोदी हाइड्रो पावर, हिमालयन डिस्टिलरी लिमिटेड, राधी जलविद्युत कम्पनी र बुटवल पार कम्पनीको शयेर सबैभन्दा धेरै कारोबार भएको छ ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि