१४ चैत्र २०८२, शनिबार
अन्तर्राष्ट्रिय बागमती मुख्‍य समाचार समाचार

जापानीज इन्सेफ्लाईटिसबाट चितवनमा तीन जनाको मृत्यु

चितवन, ३ भदौः जिल्लाका तीन जनाले जापानीज इन्सेफ्लाईटिसबाट ज्यान गुमाएका छन् । जनस्वास्थ्य कार्यालयका किट नियन्त्रक राम केसीका अनुसार गत साउन २३ देखि भदौ ३ गते सम्मको नमूना परीक्षणमा नौ जना सङ्क्रमित फेला परेका थिए । ती मध्ये तीन जनाको मृत्यु भएको हो ।

जापानीज इन्सेफ्लाइटिस भरतपुर महानगरपालिका, कालिका नगरपालिका, राप्ती नगरपालिका, खैरहनी नगरपालिका र माडी नगरपालिकाका बासिन्दामा भेटिएको छ । यो रोग क्युलेक्स जातको पोथी लामखुट्टेको टोकाईबाट सर्ने उनले जानकारी दिँदै उहाँले सबैलाई सचेत रहन आग्रह गरेका छन् ।

अचानक उच्च ज्वरो आउने, बेस्सरी टाउको दुख्ने, बान्ता हुने, शरीर काम्ने, घाँटी दख्ने जापानीज इन्सेफ्लाइटिसका लक्षण हुन् ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि