रातो कागज
4 घण्टा अघि

खलङ्गा दार्चुला, ३ भदौः सडकमाथिबाट खसेको पहिरोले महाकाली राजमार्गअन्तर्गत खलङ्गा–गोकुलेश्वरखण्ड अवरुद्ध भएको छ । मालिकार्जुन गाउँपालिका–३ रनेबास क्षेत्रमा आज बिहान परेको भीषण वर्षाले पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको हो ।
राजमार्ग अवरुद्ध हुँदा सवारी आवागमन पूर्ण रूपमा रोकिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक छत्रबहादुर रावतले जानकारी दिए । अवरुद्ध सडक खुलाउन खलङ्गाबाट उपकरण मगाएइएको प्रमुख जिल्ला अधिकारी अनिल पौडेलले बताए ।
फेसबुकबाट तपाईको प्रतिक्रिया