११ फाल्गुन २०८२, सोमबार
गण्डकी मुख्‍य समाचार समाचार

तनहुँ जलविद्युत् आयोजनाको सहयोगमा फेदीखोलामा पुल निर्माण

दमौली तनहुँ, ३ भदौः तनहुँ जलविद्युत् आयोजनाको सहयोगमा भिमाद नगरपालिका–५ फेदीखोलामा पुल निर्माण हुने भएको छ । जलविद्युत् आयोजनाको डुबान क्षेत्रमा पर्ने फेदीखोलामा स्टिलट्रस पुल निर्माण गर्न लागिएको हो ।

पुल निर्माणका लागि आयोजनाले गत साउन ३० गते बोलपत्र आह्वान गरी बोलपत्र दर्ता गर्ने अन्तिम मिति आगामी असोज १२ गतेसम्म निर्धारण गरिएको छ । आयोजनाको डुबान क्षेत्रका सर्वसाधारणको सहजताका लागि ५५ मिटर लम्बाइको पुल निर्माण गर्न लागिएको आयोजना प्रमुख श्यामजी भण्डारीले बताउनुभयो । पुल नहुँदा खोला वारपार गर्न सर्वसाधारणलाई असहजता हुँदै आएकाले पहल थालिएको उनको भनाइ छ ।

भिमाद नगरपालिकाको वान्टाङ खोलामा पनि आयोजनाले पक्की पुल निर्माण गर्न लागेको छ । एसियाली विकास बैंकको सहयोगमा वान्टाङ खोलामा पुल निर्माण गर्न लागिएको भण्डारीले जानकारी दिए ।

भिमाद नगरपालिका हुँदै ऋषिङ गाउँपालिकाका विभिन्न वडा जाने भिमाद–ऋषिङ खण्ड अन्तर्गत वान्टाङ खोलामा पुल नहुँदा वर्षायाममा हजारौँ सर्वसाधारणले सास्ती भोग्दै आएका छन् । खोला बढेको बेला वारपार गर्न समस्या हुने गरेको स्थानीय बताउँछन् ।

आयोजनाका कारण डुबानमा पर्ने सेती नदीमा रहेका चार वटा झोलुङ्गे पुल पुनस्र्थापना गर्न लठ्ठा खरिदका लागि बोलपत्र आह्वान गरी सम्झौता हुन लागेको भण्डारीले बताए ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि