८ पुष २०८२, मंगलवार
बागमती मुख्‍य समाचार विशेष समाचार

गाउँ–गाउँमै पुगेर राष्ट्रिय परिचयपत्र वितरण सुरु, रामेछापका नागरिकलाई सहजता

रामेछाप । जिल्ला प्रशासन कार्यालय रामेछापले नागरिकलाई सहज रूपमा राष्ट्रिय परिचयपत्र उपलब्ध गराउन गाउँ–गाउँमै पुगेर परिचयपत्र वितरण र नयाँ विवरण सङ्कलन अभियान सुरु गरेको छ ।

सोही अभियान अन्तर्गत सोमबारदेखि गोकुलगंगा गाउँपालिका–१ चुचुरेमा बनेका परिचयपत्र वितरण र नयाँ परिचयपत्रका लागि विवरण सङ्कलन सुरु गरिएको हो । यसअघि सुनापति गाउँपालिका र रामेछाप नगरपालिकामा पनि बनेर आएका परिचयपत्र वितरण र नयाँ विवरण संकलनको काम सम्पन्न भइसकेको छ ।

स्थानीय तहमा नै पुगेर परिचयपत्र वितरण र तथ्याङ्क सङ्कलन गरिँदा नागरिकलाई सदरमुकाम धाउनुपर्ने बाध्यता हटेको छ । यसले सेवाग्राहीलाई प्रत्यक्ष लाभ पुगेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

रामेछापका प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले सोमबारदेखि गोकुलगंगा गाउँपालिकामा सुरु गरिएको अभियान विस्तारै सबै स्थानीय तहमा पु¥याइने जानकारी दिए । उनका अनुसार हालसम्म रामेछाप नगरपालिकाको वडा नं. १, ३, ४, ५, ६ र ७ मा सो कार्यक्रम सम्पन्न भइसकेको छ । सो क्रममा ६४६ जनाको विवरण सङ्कलन गरिएको छ भने १४१ वटा बनेर आएका परिचयपत्र वितरण गरिएका छन् ।

यसैगरी सुनापति गाउँपालिकामा ५६७ जनाको विवरण सङ्कलन गरिएको छ । परिचयपत्र वितरणसँगै स्थानीय प्रशासन र प्रहरीले सचेतनामूलक कार्यक्रम पनि एकैसाथ सञ्चालन गरेको हुँदा नागरिकले दोहोरो लाभ उठाएका छन् ।

सामाजिक सुरक्षा भत्ता लिन र बैङ्क खाता खोल्न राष्ट्रिय परिचयपत्र अनिवार्य भएपछि ज्येष्ठ नागरिक र असक्त व्यक्तिहरू समेत जिल्ला सदरमुकाम धाउनुपर्ने अवस्था आएको थियो । त्यस्तो कठिनाइलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालयले सेवा गाउँमै पु¥याउने नीति लिएको हो ।

थप समाचारहरु

मुख्‍य समाचार समाज

उदयपुरको सिवाई-बेल्हा जोड्‍ने भाँचिएको पुल बनाउन माग

  १४ साउन, काठमाडौं। उदयपुरका जनप्रतिनिधिसहितको टोलीले त्रियुगा पुल निर्माण सम्पन्न गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालासँग माग
मुख्‍य समाचार राजनीति

कोरियासहितका मुलुकमा मौसमी कामदारका रुपमा श्रम स्वीकृति दिइँदैन : मन्त्रालय

१५ साउन, काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले मौसमी कामदारका रुपमा कोरियासहितका मुलुकमा श्रम स्वीकृति नदिइने स्पष्ट पारेको