२० फाल्गुन २०८२, बुधबार
मुख्‍य समाचार समाचार समाज

पशुपतिनाथ मन्दिर परिसर र आसपासका क्षेत्रमा मासु, मदिरा बिक्रीमा प्रतिबन्ध

२१ मंसिर, काठमाडौँ । यही मङ्सिर २५ गते पर्ने बालाचतुर्दशी पर्वलाई दृष्टिगत गरी पशुपतिनाथ मन्दिर आसपासका क्षेत्रमा आजदेखि मासु तथा मदिरा उत्पादन, बिक्री, ओसारपसार, भण्डारण र सेवन गर्न नपाइने भएको छ ।

गौशाला मित्रपार्क सडकदेखि पूर्व, पशुपति क्षेत्रको पूर्व सिमानादेखि पश्चिम, गौशाला तिलगङ्गा चक्रपथदेखि उत्तर, मित्रपार्क–उमाकुण्ड–गौरीघाट हुँदै गुह्येश्वरीदेखि दक्षिणभित्रका सबै भागमा यही मङ्सिर २७ गतेसम्म मासु तथा मदिरा उत्पादन, बिक्री, ओसारपसार, भण्डारण र सेवनमा पूर्णरुपमा रोक लगाइएको पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव राजकुमार खत्रीले जानकारी दिए ।

उनले भने, ‘पशुपतिनाथ आसपासका विभिन्न क्षेत्रमा मासु तथा मदिरा उत्पादन, बिक्री, ओसारपसार, भण्डारण र सेवन गर्न नपाइने सूचना प्रकाशित गरेका छौँ, उक्त सूचनाको बर्खिलाप हुने गरी कुनै काम भएमा प्रचलित कानुनबमोजिम कारबाही हुनेछ ।’

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि