१६ असार २०८३, मंगलवार
बागमती मुख्‍य समाचार समाचार

बालअधिकार प्रवर्द्धनका निम्ति पत्रकारलाई अभिमुखीकरण तालिम

चौतारा, १ भदौ ः बालबालिकासम्बन्धी लैङ्गिक संवेदनशिलता सिद्धान्त र व्यवहारबारे पत्रकारको क्षमता अभिवृद्धिका लागि टुकीसङ्घ सुनकोशीको सहयोगमा नेपाल पत्रकार महासङ्घ सिन्धुपाल्चोक शाखाले दुईदिने तालिम आयोजना गरेको छ ।

तालिमका मुख्यप्रशिक्षक राष्ट्रिय समाचार समितिका कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले बालअधिकार प्रवद्र्धनमा पत्रकारको भूमिका, आचारसंहिताको पालना र सीपबारे प्रशिक्षण दिएका थिए । उनले तथ्य, सूचना र वस्तुस्थितिको पहिचानका लागि पत्रकारले अन्तर्वार्तासम्बन्धी सीपको प्रयोग गरी बालबालिकाका विषयलाई गहन समाचार बनाउन सकिने बताए ।

अर्का प्रशिक्षक आलेख समाचार संयोजक कृष्ण अधिकारीले पत्रकार आचारसंहिताका विविध पक्षबारे चर्चा गर्दै बालकालिकाका सवालमा कलम चलाउनु पर्नेमा जोड दिए। चौबीस सञ्चारकर्मी सहभागी तालिमको समापन गर्दै नेपाल पत्रकार महासङ्घ सिन्धुपाल्चोकका अध्यक्ष ध्रुव दङ्गालले स्थानीय पत्रकारलाई दक्ष र उत्तरदायी बनाउन तालिम सञ्चालन गरिएको बताए ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि