११ फाल्गुन २०८२, सोमबार
मधेश मुख्‍य समाचार राजनीति

सहिदको बलिदान अमूल्य सम्पत्तिः मुख्यमन्त्री सिंह

जनकपुर, १ भदौः मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले तेस्रो मधेस आन्दोलनका प्रथम सहिद राजीव राउतप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् ।

आज राउतको सहादत दिवसका अवसरमा मुख्यमन्त्री सिंहले सामाजिक सञ्जालमार्फत सन्देश जारी गर्दै सहिद राउतसहित सम्पूर्ण सहिदप्रति उच्च सम्मान प्रकट गरे।

मुख्यमन्त्री सिंहले सहिदहरूले देखाएको बाटो र आदर्शलाई अवलम्बन गर्दै मधेसका अधिकार, समानता र न्यायका पक्षमा निरन्तर अघि बढ्ने दृढ सङ्कल्प व्यक्त गरे । उनले मधेस आन्दोलनका क्रममा बलिदान दिने सहिदहरूको बलिदानलाई इतिहासकै अमूल्य सम्पत्ति भएको उल्लेख गरेका हुन् ।

मधेसवादी दलहरुको आन्दोलनका विसं २०७२ भदौ १ गते पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सप्तरीको भारदहमा प्रहरीको गोली लोर राजीव राउतको घटनास्थलमै मृत्यु भएको थियो ।

थप समाचारहरु

राजनीति

विश्वासको मत लिनुअघि नै कोशी सरकारको हैसियत कामचलाउ

२८ असार, विराटनगर । प्रदेशसभामा विश्वासको मत परीक्षण गर्नुअगाडि नै कोशीका मुख्यमन्त्री उद्धव थापा नेतृत्व सरकारको हैसियत कामचलाउ बन्न पुगेको
राजनीति

सामाजिक सञ्जाललाई मर्यादित बनाउन कानुन ल्याउँछौं : सञ्‍चारमन्त्री शर्मा

२८ असार, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सामाजिक सञ्जाललाई मर्यादित बनाउन ठोस कदम चाल्ने बताएकी छन् ।