News and Updates

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले आर्थिक वर्ष २०८१/८२ माकुल १ खर्ब ३८ अर्ब ८७ करोड रुपैयाँ आम्दानी गरेको छ । यस बिचमा प्राधिकरणको सञ्चालन खर्च, ब्याज लगायतका सम्पूर्ण खर्च १ खर्ब २९ अर्ब ८१ करोड रुपैया पुगेको छ ।
नेपाल विद्युत प्राधिकरणको ४० औं वार्षिकोत्सव समारोहमा बोल्दै कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले कार्य सम्पादन समिक्षामा अर्थिक वर्ष २०८१/८२ मा प्राधिकरणको कुल आम्दानी १खर्ब ३८ अर्ब ८७ करोड रुपैयाँ रहेको बताए।
उनका अनुसार सञ्चालन खर्च, ब्याज खर्च लगायतका सम्पूर्ण खर्चहरु सहित आर्थिक वर्ष २०८१/८२ मा प्राधिकरणको कुल खर्च १खर्ब २९ अर्ब ८१ करोड रहेको थियो ।
शाक्यका अनुसार, प्राधिकरणको कुल सम्पत्ति ६.२ प्रतिशतले वृद्धि भई ६खर्ब ८४ अर्ब ९१ करोड रुपैयाँपुगेको छ । नेपाल विद्युत प्राधिकरणले आर्थिक वर्ष २०८१/८२ मादेशभर ५९५ घण्टा विद्युत ट्रिप भएको जनाएको छ । आगामी वर्ष यो संख्या घटाउने लक्ष्यलिँदै प्राधिकरणले ट्रिपको मात्रा कम्तीमा १० प्रतिशतले घटाइने जनाएको छ ।
उनले भने, ‘गतवर्ष २०८१/८२ मा देशभरीका ग्राहकहरुमा ५९५ घण्टा विद्युत ट्रिप भएको थियो ।जुन यो वर्ष घट्ने क्रममा रहेको छ । घटिमा १० प्रतिशत जति ट्रिप कम गरी विश्वसनियता बढाईने छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया