Rato Kagaj पल पलको खबर
Rato Kagaj पल पलको खबर

नौबिसे–नागढुङ्गा सुरुङमार्ग निर्माणको काम अन्तिम चरणमा

रातो कागज
10 घण्टा अघि

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नौबिसे–नागढुङ्गा सुरुङमार्ग निर्माणको काम अन्तिम चरणमा पुगेको जानकारी दिएका छन् ।

आइतबार सामाजिक सञ्जालमार्फत उनले  निर्माणको काम अन्तिम चरणमा पुगेको जानकारी दिँदै यसलाई छिट्टै सञ्चालनमा ल्याएपछि नागढुङ्गाबाट ओहोरदोहोर गर्दा हुने कष्ट अन्त्य हुने बताएका हुन् ।

उनले हालसम्म ९३ प्रतिशत भौतिक प्रगति भएको जनाएका छन् ।

उनले लेखेका छन्, नौबिसे–नागढुङ्गा सुरुङमार्ग निर्माणको काम अन्तिम चरणमा पुगेको छ। यसलाई छिट्टै सञ्चालनमा ल्याएपछि नागढुङ्गाबाट ओहोरदोहोर गर्दा हुने कष्ट अन्त्य हुने छ।’

फेसबुकबाट तपाईको प्रतिक्रिया