७ माघ २०८२, बुधबार
बागमती मुख्‍य समाचार समाचार

श्रम स्वीकृति नलिई साउदीमा कार्यरत नेपालीहरुलाई श्रम वैधानिकिकरण

काठमाडौं । श्रम स्वीकृति नलिइ साउदी अरेबियामा कार्यरत नेपालीहरुलाई श्रम वैधानिकिकरण सुरु भएको छ ।
शुक्रबार काठमाडौंमा आयोजित एक समारोहकोबीच नेपाली दुतावास साउदी अरेबियाबाट श्रम स्वीकृति नलिई साउदी अरेबियामा कार्यरत नेपालीहरुलाई श्रम वैधानिकिकरण सुरु गरिएको हो ।
विगत आठ बर्षदेखि रियादमा कार्यरत अजय दंगालको बायोमेट्रिक लिइएको र महामहिम राजदुत डा.नरेश बिक्रम ढकालले श्रम वैधानिकिकरण कार्यलाई स्वीकृति प्रदान हुन् ।
कार्यक्रममा बोल्दै श्रममन्त्री शरद सिंह भण्डारीले अहिले लाखौं नेपालीहरु श्रमको शिलशिलामा विभिन्न बाटोबाट विभिन्न मुलुकमा रहेको अवस्थामा विभिन्न कागजी कठिनाइले वैधानीकरण हुन नसक्ने र पाउनुपर्ने अधिकारबाट बन्चित रहेको बताए । यस्तो अवस्थामा सरकारले वैदेशीक रोजगारमा रहेका श्रमीकहरुको हितका लागि वैधानिकिकरणको काम गरिरहेको बताए ।
त्यस्तै उनले खाडी मुलुकमा जाने सुरुवात साउदी अरेबियाबाटै भएको बताउँदै अरेबियामा दुईपक्ष सम्झैता गर्न एक दशक देखि धेरै प्रयासहरु गरिरहेको बताए ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि