Rato Kagaj पल पलको खबर
Rato Kagaj पल पलको खबर

थाई राजदूतावासले जर्नी टु थाइल्याण्ड कार्यक्रम आयोजना गर्दै

रातो कागज
3 घण्टा अघि

काठमाडौँ, ३० साउनः नेपालस्थित थाई राजदूतावासले नयाँ दिल्लीस्थित थाई ट्रेड सेन्टरको सहकार्यमा काठमाडौँमा जर्नी टु थाइल्याण्ड एण्ड टप थाई ब्राण्ड्स २०२५’ कार्यक्रम आयोजना गर्ने भएको छ ।

उक्त कार्यक्रम आगामी भदौ १३ देखि १५ गतेसम्म ललितपुरको द प्लाजामा आयोजना हुने र कार्यक्रमको उद्घाटन भदौ १३ गते गरिने नेपालका लागि थाई राजदूत सुवापोङ सिरिसोर्नले बताए ।

दूतावासद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उनले कार्यक्रम सर्वसाधारणका लागि निःशुल्क प्रवेशसहित खुला हुने जानकारी दिए । कार्यक्रममा विभिन्न थाई सांस्कृतिक कार्यक्रम, थाई खाना, थाई उत्पादन, थाई मसाज, र निःशुल्क हस्तकला कार्यशाला आयोजना गरिने बताइएको छ । सहभागीहरूले प्रसिद्ध थाई व्यवसाय, अस्पताल र विश्वविद्यालयका प्रतिनिधिसँग भेट्ने अवसर पनि उपलब्ध हुने राजदूत सिरिसोर्नले बताए ।

साथै, थाइल्याण्डको राउण्ड–ट्रिप हवाई टिकटलगायत अन्य रोचक उपहारका लागि प्रबन्ध पनि रहेको छ । यो ‘जर्नी टु थाइल्याण्ड एण्ड टप थाई ब्राण्ड्स २०२५ कार्यक्रमले थाइल्याण्ड र नेपालको सम्बन्धलाई अझ नजिक ल्याउने र दुई देशका जनताबीचको मित्रता सुदृढ पार्ने लक्ष्य राखेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया