७ माघ २०८२, बुधबार
बागमती मुख्‍य समाचार समाचार

नेविसंघ दार्चुला–काठमाडौं सम्पर्क समितिले ब्लड क्यान्सर पीडितलाई गर्यो आर्थिक सहयोग

काठमाडौं । नेपाल विद्यार्थी संघ(नेविसंघ) दार्चुला–काठमाडौं सम्पर्क समितिले ब्लड क्यान्सर रोगसँग लडिरहेका दुईजना बालकलाई आर्थिक सहयोग गरेको छ ।

हाल काठमाडौं स्थित बालकान्ति अस्पतालमा उपचाररत लेकम गाउँपालिका ३ निवासी दुई बर्षीय अनमोल बोहोरा र सिभिल अस्पतालमा उपचाररत महाकाली नगरपालिका ३ निवासी नौं बर्षीय रोशन बडाललाई समितिले १०–१० हजार आर्थिक सहयोग गरेको हो ।

समितिका अध्यक्ष अविरल महताले अस्पतालमा पुगेर विरामीलाई उक्त रकम हस्तान्तरण गरेका हुन् ।

अध्यक्ष महताले समितिका सम्पूर्ण सदस्यहरुबाट रकम संकलनगरी आफूहरुको सानो  सहयोगले कसैको जीवन मुस्कुराउन मद्दत गर्छ भन्ने किन सकेको सहयोग नगर्ने भन्ने उद्देश्यकासाथ सहयोगी हात अगाडि बढाएको बताए ।

साउनमै गठन भएको उक्त समितिले विभिन्न किसिमका सामाजिक कार्यहरुमा सक्रियता बढाइरहेको छ ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि