२६ आश्विन २०८२, आईतवार
गण्डकी मुख्‍य समाचार समाचार

बागलुङका एक जनप्रतिनिधि व्यावसायिक स्याउखेतीमा रमाउँदै

ढोरपाटन बागलुङ, ३० साउनः छ वर्ष अघि ताराखोला गाउँपालिका–५ का अध्यक्ष मनबहादुर रोकाले परीक्षणका लागि जुम्लाबाट बिरुवा ल्याएर थालेका स्याउखेती अहिले व्यावसायिक खेतीमा परिणत भएको भएको छ ।

रोयल रेड र इटालिएन फुजी उनको बगानका आकर्षण बनेका छन् । प्रारम्भमा १०० बिरुवा रोप्नुभएका उनले ८० वटा मात्र जोगाउन सफल भएको सुनाए । जातका स्याउको बिरुवा लिएर लगाए रोकाको हाल १४० बोट छन् जसले फल दिएका छन् । उनको बगान चार रोपनीमा फैलिएको छ । उनी छ रोपनीमा खेती विस्तार गर्ने योजनामा हुन्छ । अध्यक्ष रोकाले भन्नुभयो, अब १० रोपनीमा खेती गर्ने सोचमा छु ।

स्याउखेतीका निम्ति उनले रु एक लाख ५० हजार लगानी गरेको बताए । विभिन्न निकायले अनुदानमा बिरुवा दिँदा खासै खर्च परेको छैन । यस वर्ष करिब चार क्विन्टल स्याउ उत्पादन भएको अध्यक्ष रोकाले बताए ।

कृषि ज्ञान केन्द्रका प्रमुख राजेश्वर सिलवाल सँचाइ हुने, पानी कम पर्ने र घाम बढी लाग्ने स्थानमा स्याउखेती उपयुक्त हुने बताए । ढोरपाटन र निसेल ढोरमा व्यावसायिक रूपमा स्याउखेती हुँदै आएको छ । जिल्लाभर ५६ दशमलव ९२ हेक्टर क्षेत्रमा स्याउखेत हुने गरेको जानारी दिँदै उहाँले बर्सेनि ३३१ दशमलव दुई मेट्रिक टन स्याउ उत्पादन बताए।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि