८ पुष २०८२, मंगलवार
बागमती मुख्‍य समाचार विशेष समाचार

मौसमसम्बन्धी भ्रामक सूचना सम्प्रेषण भइरहेकोप्रति ध्यानाकर्षण

काठमाडौं ।  जल तथा मौसम विज्ञान विभागले हाल विभिन्न सामाजिक सञ्जाल तथा अन्य माध्यमहरूमा मौसम र बाढीसँग सम्बन्धित भ्रामक र अपुष्ट सूचनाहरू प्रसारण भइरहेकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

विभागले एक प्रेस विज्ञप्ति जारी गर्दै यस्ता गलत सूचनाहरूले सर्वसाधारणमा अन्यौल सिर्जना गर्नुका साथै जनगुनासोहरूसमेत बढेको जानकारी दिएको छ । विभागका अनुसार मौसम तथा बाढी सम्बन्धी पूर्वसूचना अत्यन्त संवेदनशील विषय भएकाले आधिकारिक स्रोतबाट मात्र सूचना लिन र प्रचार गर्न सर्वसाधारण तथा सरोकारवालालाई आग्रह गरेको छ ।

विभागका प्रवक्ता विभूति पोखरेलका अनुसार, विभागले नियमित रूपमा मौसम र बाढीसम्बन्धी जानकारी आफ्ना वेबसाइट र सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्दै आएको छ ।

विभागले बिहीबार जारी गरेको सूचनामा भनिएको छ, ‘मौसम तथा बाढीसम्बन्धी पूर्व सूचना अति संवेदनशील विषय भएकाले तल उल्लेखित विभागको आधिकारिक वेबसाइटहरू तथा सामाजिक सञ्जालहरूमा प्रेषित सूचनाहरू प्रयोग गर्न आम सर्वसाधारण तथा सम्बन्धित सबै सरोकारवालामा हार्दिक अनुरोध गरिन्छ ।’

थप समाचारहरु

मुख्‍य समाचार समाज

उदयपुरको सिवाई-बेल्हा जोड्‍ने भाँचिएको पुल बनाउन माग

  १४ साउन, काठमाडौं। उदयपुरका जनप्रतिनिधिसहितको टोलीले त्रियुगा पुल निर्माण सम्पन्न गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालासँग माग
मुख्‍य समाचार राजनीति

कोरियासहितका मुलुकमा मौसमी कामदारका रुपमा श्रम स्वीकृति दिइँदैन : मन्त्रालय

१५ साउन, काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले मौसमी कामदारका रुपमा कोरियासहितका मुलुकमा श्रम स्वीकृति नदिइने स्पष्ट पारेको