Rato Kagaj पल पलको खबर
Rato Kagaj पल पलको खबर

नेपाल सद्भावना पार्टी पुनर्गठन, १२ बुँदे सैद्धान्तिक प्रतिवद्धता

रातो कागज
3 घण्टा अघि

काठमाडौं । नेपाल सद्भावना पार्टी पुनर्गठन भएको छ । विहीबार पत्रकार सम्मेलन गर्दै लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) छाडेका नेता अनिल कुमार झाले सद्भावना पार्टी पुनर्गठन गरेको जानकारी दिए  ।

पुनर्गठन गरेको पार्टीलाई बुधबार मात्रै निर्वाचन आयोगले मान्यता दिएको उनले जानकारी दिए । पत्रकार सम्मेलनमार्फत १२ बुँदे सैद्धान्तिक प्रतिवद्धता पनि जारी गरिएको छ ।

संयुक्त प्रेस विज्ञप्ति

महिला, दलित, मुस्लिम र पिछड़ावर्ग सहितका मधेशी, पहाडका आदिवासी–जनजातिहरु, रानाथारु एवं थारु सहितका तराईका आदिवासी–जनजातिहरु, तराईका अल्पसंख्यक, पहाडका दलित, पीछडिएका क्षेत्रका जनता सहित कतिपय वर्गीय रं शासकीय पहुंचबाट टाढा रहेका खस–आर्यहरु समेत आफनै देशभित्र सदियौं देखि, दमन, उत्पीड़न, अन्याय, अत्याचार र सबै प्रकारका विभदको शिकार हुँदै आएको तथ्य विदितै छ । राज्यसत्ताका मूलप्रवाहबाट बाहिर पारिएका ती नागरिक समूहहरु सबै प्रकारका विभेद तथा शोषणका विरुद्ध पहिचान, पहुंच, प्रतिनिधित्व, प्रदेश तथा प्राकृतिक श्रोत एवं राजस्वको बाँडफाडमा समान अधिकारको लागी संघर्षरत रहदै आएका छन् । सबै प्रकारको शोषण र विभदको अन्त्य गरी उनीहरुको नागरिक हक, सम्मान, पहिचान, पहुँच र न्यायोचित प्रतिनिधित्वको निम्ति नेपाल सदभावना परिषद्को स्थापना बि.सं. २०४० सालमा गरिएको थियो । नेपाल सद्भावना परिषद्ले विभेद विरुद्धको आन्दोलनका साथै देशमा २०४६ सालको प्रजातन्त्रको पुर्नस्थापनाको आन्दोलनमा सक्रिय भूमिका निर्वाह गरेको थियो । २०४६ साल चैत्र २६ गते प्रजातन्त्रको पुर्नस्थापना भई सके पश्चात मधेशको मूलवासीहरुको चाहना र पहाड़का बिभद बिरुद्धका अभियन्ताहरुको परामर्श अनुसार बि.सं. २०४७ साल वैशाख ३ गते तदनुसार ई. सन् १९ अप्रैल, १९९० का दिन गजेन्द्र नारायण सिंहको नेतृत्वमा नेपाल सद्भावना परिषद्लाई नेपाल सद्भावना पार्टीमा रुपान्तरित गरियो । त्यसरी वि.सं. २०४० सालमा स्थापित नेपाल सद्भावना परिषद्का ४२ वर्षको यात्रा र नेपाल सद्भावना पार्टीको ३६ वर्षको यात्रा पार गर्दै नेपाल सद्भावना पार्टीको वर्तमान स्वरुप पुनः ग्रहण गर्दासम्म गरिएका सबै प्रकारका अग्रगामी कार्यहरुको यो पार्टी स्वामित्व ग्रहण गर्दछ अर्थात जिम्मेवारी लिन्छ ।

मधेशको व्यापक हितमा २०७४ बैशाखमा ६ दलीय एकीकरणमा गरिएको विलय र बनाइएको राजपाको गठन पश्चात नेपाल सद्भावना पार्टीलाई पुर्नस्थापित गरिएको थियो । त्यसरी पुर्नस्थापित गरिएको नेपाल सदभावना पार्टीको मेरो नेतृत्वमा गरिएको पुर्नगठनलाई हिजो देखि निर्वाचन आयोगले औपचारिक रुपमा मान्यता प्रदान गरेकोछ । पुर्नगठित नेपाल सद्भावना पार्टीले निम्नानुसारको आफ्नो पुरानो सैद्धान्तिक प्रतिबद्धता एक पटक पुनः स्मरण गर्दछ र बर्तमान परिस्थितिमा समेत त्यस प्रति प्रतिबद्ध रहेको स्पष्ट गर्दछ ः

सौदान्तिक प्रतिवद्धता

१) मधेश आन्दोलनका शहिदहरुको प्रतिमा स्थापना र सम्मान गर्नमा भैरहेको अशोभनिय र अमर्यादित कार्यको पार्टी भत्सना गर्दछ र मधेश आन्दोलनका शहिदहरुको अन्य आन्दोलनका शहिदहरु सरह सम्मान स्थापित गराउन पार्टी पूर्ण प्रतिबद्धता प्रकट गर्दछ ।

२) महिला, दलित, मुस्लिम, पिछडावर्ग सहितका मधेशी, पहाड़का आदिवासी–जनजातिहरु, रानाथारु एव थारु सहितका तराईका आदिवासी–जनजातिहरु, तराईका अल्पसंख्यक, पहाड़का दलित, पीछडिएका क्षेत्रको जनता सहित वर्गीय र शासकीय पहुंचबाट टाढा रहेको कतिपय खस आर्यहरु समेत आफ्नै देश भित्र सदियौं देखि दमन, उत्पीडन, अन्याय, अत्याचारमा परेका त्यस्ता नागरिक समुहहरु संगको सबै प्रकारका विभेद र शोषण र सबै प्रकारको सिमान्तिकरणको समूल अन्त्य गरी उनीहरुको सम्मानपूर्ण नागरिक हकका साथै उनीहरुको पहिचान, पहुंच, प्रतिनिधित्व, प्रदेश र प्राकृतिक श्रोत एवं राजस्वको बाँडफाडमा समान अधिकारका लागी अर्थात मजबूत संघीयता र अर्थपूर्ण समावेशीकरणको पक्षमा संघर्षरत रहने,

३) पार्टीको स्थापनाकालिन उद्देश्य एकीकृत नेपाल भित्र समृद्ध मधेश र अधिकार सम्पन्न मधेशी समुदाय भन्ने पार्टीको स्थापित सैद्धान्तिक मान्यताका लागी संघर्षरत रहने,

४) संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संसदीय शासन प्रणालीको माध्यमबाट राजनीतिक, आर्थिक, सामाजिक, भाषिक सांस्कृतिक, लैंगिक, क्षेत्रिय, जातिय एवं सामुदायिक विभदको अन्त्य एवं प्रत्येक नागरिकको वैयक्तिक स्वतन्त्रताको प्रत्याभूतिको लागि संघर्षरत रहने,

व्यावहारिक प्रतिबद्धता

५) मधेशमा विगत एक दशक देखि देखापरेका र हाल बिकराल समस्याको रुप लिईसकेको भूमिगत जलको कमी प्रति गम्भिर हुन सम्बद्ध सबैमा यो पार्टी आग्रह गर्दछ । सिंचाई र खानेपानीको समस्या वन विनासको प्रतिफल हो, वातावरण र चुरे संरक्षण, चारकोसे वनको पुर्नसंरक्षण मात्र यस समस्याको समाधान हो, त्यस तर्फ ध्यानाकर्षण गर्न पार्टी सम्बद्ध सबै लाई आग्रह गर्दछ । मधेशमा खाने पानी संकटको दीर्घकालिक समाधान, मधेशको उर्वर माटोको क्षयिकरण रोक्न, उन्नत कृषि प्रणालीको स्थापना, स्वरोजगार प्रबर्धनका समाधानमुखी प्रयासको आवश्यकता माथी पार्टी सम्बद्ध सबैको ध्यानाकर्षण गराउन चाहन्छु ।

६) संघियता कार्यान्वयनमा प्रदेश सरकारहरुले देखाईरहेको उदासिनता र केन्द्र सरकारको उपेक्षाभाव प्रति पार्टी चिन्ता प्रकट गर्दछ ।

७) सुकुम्बासी समस्या लगायत कुनै पनि समस्याको बहानामा भै रहेको मधेशको भूमि बितरण कार्य लाई अविलम्ब रोक्न यो पार्टी नेपाल सरकार संग मांग गर्दछ ।

८) मधेश लगायत देश भरका किसानले भोगीरहेको रासायनिक मलको कमीको समस्याको अबिलम्ब समाधानको लागी केन्द्र र प्रदेश सरकारहरु संग यो पार्टी जोडदार मांग गर्दछ ।

९) महिला, युवा, युवालाई रोजगारमूलक शिक्षा एवं देशको रोजगारमुखी विकास आजको आवश्यकता हो,

१०)  सुकुम्वासी समस्या समाधानका लागि विगतका सबै प्रयत्न मधेशमा आन्तरिक औपनिवेशिकरणलाई बढ़ावा दिने गरेको कटु यथार्थलाई हृदयंगम गर्दै मधेशका भूमिहीन दलित एवं विपन्न समुदायलाई भूमि अधिकार अकुंठित रूपमा उपलब्ध गराउने,

११) एकल महिला र वृद्धवृद्धाको जीवनयापन, आत्मसम्मान एवं स्वास्थ्योपचारको जिम्मेवारी राज्यले लिनु पर्दछ ।

१२ ) प्रहरी प्रशासनमा अझै मधेशलाई मौजाको रूपमा ठान्ने तथा मधेशीजनलाई शासित मान्ने मनोविज्ञान लाई अविलम्ब समाप्त पार्ने नीति बनाउन र निर्देशन गर्न सरकार संग जोडदार मांग गर्दछ । नेपाल सद्भावना पार्टीले विगतमा देशको प्रजातान्त्रिक, लोकतान्त्रिक र गणतान्त्रिक आन्दोलन, मधेश आन्दोलन र माथी उल्लेखित विषयवस्तुको अवधारणालाई लागु गराउने क्रममा नेतृत्वदायी भूमिका निर्वाह गरेको थियो । नेपाल सद्भावना पार्टी समावेशी संविधान, समान प्रतिनिधित्व, र संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संरचनाको संरक्षण प्रति दृढ छ । यो पार्टी आफ्नो ऐतिहासिक आदर्श र सिद्धान्त प्रति अडिग रहँदै, लोकतन्त्र र समानताको पक्षमा निरन्तर संघर्षरत रहनेछ। पार्टी पुनर्गठन कार्यमा र मलाई व्यक्तिगत रूपमा साथ सहयोग गर्नु हुने सबै महानुभावहरु प्रति हृदय देखि कृतज्ञता र धन्यवाद व्यक्त गर्न चाहन्छु ।

अनिल कई

(अनिल कुमार झा) अध्यक्ष

 

फेसबुकबाट तपाईको प्रतिक्रिया