६ पुष २०८२, आईतवार
मुख्‍य समाचार समाचार सुदूरपश्चिम

कृष्णपुरमा छाउगोठ भत्काउने अभियान

दोधारा चाँदनी कञ्चनपुर,२९ साउन , कञ्चनपुरको कृष्णपुर नगरपालिका–१ स्थित हनुमानपुरमा रहेका २० छाउगोठ भत्काइएको छ ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक सागर बोहराका अनुसार स्थानीय जनप्रतिनिधिको सहयोगमा हनुमानपुरमा रहेका छाउगोठ भत्काइएको हो । कृष्णपुर–१ मा वडा सदस्य रत्नादेवी बोहराको संयोजकत्वमा समिति बनाएर छाउगोठ भत्काउने अभियान सञ्चालन गरिएको छ ।

असार अन्तिम साता कृष्णपुर–१ स्थित निगालीमा छाउगोठमा सुतेकी कमला आउजीको सर्पदंशबाट मृत्यु भएपछि नगरपालिकाले पन्ध्र दिनभित्र छाउगोठ नभत्काए कानुन अनुसार कारबाही र १० हजार जरिवाना गर्ने चेतावनी दिएको थियो । नगरपालिकाको चेतावनी पछि पनि स्थानीयले छाउगोठ नभत्काएपछि पालिकाले वडा सदस्य बोहराको संयोजकत्वमा समिति बनाएर छाउगोठ भत्काउने अभियान सुरु गरेको हो । “हामीले पटक पटक सम्झाई बुझाइ गर्दा पनि छाउगोठ भत्काउन मानेनन । वडा सदस्य रत्ना देवी बोहराले भने,“स्थानीयले अटेरी गरेपछि स्थानीय क्लब,जनप्रतिनिधि र प्रहरीको सहयोगमा छाउगोठ भत्काउने अभियान नै चलाएका छौ ।” उनका अनुसार मंगलवार र बुधवार उक्त स्थानमा ३६ छाउगोठ भत्काइएको छ । वडा कार्यालयले गत वर्षदेखी नै छाउगोठ भत्काउने अभियान सञ्चालन गरेपनि स्थानीयको अवरोधल अभियान बिचमै रोकिएको थियो । छाउगोठमा सर्पले टोकेर महिलाको मृत्युको घटनापछि जिल्ला प्रशासन कार्यालयले समेत कुरिती हटाउन सबै पालिकालाई निर्देशन दिएको थियो ।

कृष्णपुर –१ का वडा अध्यक्ष मोहन बस्नेतले हरेक दिन दिउँसो १ बजेदेखी वडामा छाउगोठ भत्काउने अभियान सञ्चालन हुने गरेको बताए । हामी यो कुरिति हटाउने अभियानमा लागेका छौ यहाँका बाल क्लब,स्थानीय र स्वयंसेवकले पनि सहयोग गरेका छन ।” उनले भने“पालिकाले पनि छाउगोठ नभत्काउनेको सेवा सुविधा रोक्ने तयारी गरेको छ ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि