६ पुष २०८२, आईतवार
मुख्‍य समाचार समाचार सुदूरपश्चिम

अवरुद्ध राजमार्ग खुल्यो

बैतडी, २९ साउन : जयपृथ्वी राजमार्ग १३ घण्टापछि खुलेको छ । राजमार्गको खोडपे–बझाङ सडकखण्डअन्तर्गत बैतडीको सुर्नया गाउँपालिका–७ भञ्ज्याङमा पहिरो खस्दा सडक अवरुद्ध भएको थियो ।

सडकमा खसेको पहिरो जेसिबीले पन्छाएपछि केही बेरअघिदेखि राजमार्ग सञ्चालन भएको बैतडीका प्रहरी निरीक्षक बलराम पाण्डेयले जानकारी दिए। लगातारको वर्षाले पहिरो पन्छाउन ढिलो भएको थियोे । सवारी साधन सञ्चालन भएसँगै अलपत्र यात्री आ–आफ्ना गन्तव्यतर्फ लागेका छन् ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि