३ चैत्र २०८२, मंगलवार
मुख्‍य समाचार राजनीति समाचार

देशमा परिवर्तन हुने गरी गम्भीरताका साथ काम गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा परिवर्तन हुने गरी गम्भीरताका साथ काम गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय उच्चाधिकारी र मातहतका निकायका प्रमुखलाई निर्देशन दिएका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको आर्थिक वर्ष २०८१/०८२ को वार्षिक प्रगति समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आधुनिक, विकसित र समृद्ध नेपाल बनाउन सबै मन्त्रालयलाई समेत उचित समन्वय हुने गरी आफ्नो ठाउँबाट सक्रिय योगदान दिन आग्रह गरेका हुन् ।

उनले भने, ‘अब लर्याङतर्याङ गरेर हुँदैन । सरकार चल्नका लागि त यसै पनि चल्छ तर देशमा परिवर्तन ल्याउने हो भने कामको गति बढाउनैपर्छ । स्वच्छता, पारदर्शीता र सुशासनका क्षेत्रमा व्यापक सुधार गर्दै जनतालाई प्रभावकारिता रुपमा सेवा र सहुलियत दिनुपर्छ । विकासका काममा तीव्रता दिनुपर्छ । यसका लागि हामीले कतै अवरोध छ भने हटाउनुर्छ । प्रविधि र दक्षताको उपयोग गर्नुपर्छ । दिगो विकसका लक्ष्य पूरा गर्न, नेपाललाई विकासशील मुलुकमा स्तरोन्नती गर्न र सम्पत्ति शुद्धिकरणको ग्रे लिष्टबाट हटाउन कसले के गर्नुपर्छ, त्यो तदारुकताका साथ गर्नुपर्छ ।’

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि