३ चैत्र २०८२, मंगलवार
मुख्‍य समाचार राजनीति समाचार

विपिन जोशीलाई नेपालमा स्वागत गर्न पाउने अवस्था सिर्जना गर्नुपर्छः ठाकुर गैरे

काठमाडौं । नेकपा एमालेका सांसद ठाकुर गैरेले विपिन जोशीलाई नेपालमा स्वागत गर्न पाउने अवस्था सिर्जना गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।

बुधबार प्रतिनिधि सभाको बैठकमा उनले विपिन जोशीको रिहाइका लागि नेपाल सरकारले कुटनीतिक पहललाई अझ प्रभावकारी बनाउनु पर्ने भन्दै उनलाई नेपालमा स्वागत गर्न पाउने अवस्था सिर्जना गर्नुपर्ने बताए ।

उनले भने, ‘नेपाली युवा विपिन जोशीको रिहाइका लागि नेपाल सरकारले गरि रहेको कुटनीतिक पहललाई अझ प्रभावकारी बनाएर आमा र छोरी इजरायल पुगेको यो बेलामा विपिनको यथार्थ पत्ता लाग्ने र उनलाई नेपाल स्वागत गर्न पाउने अवस्था सिर्जना गर्नको लागि आज पुन सदन मार्फत सरकारको ध्यानाकर्षण गर्न चहान्छु ।’

यस्तै, उनले विश्व शान्तिको पक्षमा सधैँ खडा भएको नेपालको नागरिक युद्धको नाममा बन्धन बनाइनु, वेपत्ता पारिनु गलत मात्र होईन अमानविय कार्य भएको भन्दै यस्तो कार्य बन्दै हुनुपर्ने बताए ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि