Rato Kagaj पल पलको खबर
Rato Kagaj पल पलको खबर

संसद्मा सम्बोधन गर्दै प्रधानमन्त्री

रातो कागज
16 घण्टा अघि

काठमाडौँ, २८ साउन : प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाको आजको बैठकमा सम्बोधन गर्ने भएको छ ।

प्रधानमन्त्री ओलीले पछिल्लो विदेश भ्रमण, सरकारका उपलब्धि र समसामयिक विषयमा सम्बोधन गर्नुहुने प्रधानमन्त्री ओलीका सञ्चारविज्ञ रामशरण बजगाईँले जानकारी दिए।

तुर्कमेनिस्तानको अवाजा सहरमा सम्पन्न भूपरिवेष्टित विकासशील राष्ट्रहरूको तेस्रो संयुक्त राष्ट्रसङ्घीय सम्मेलनमा सहभागी भई प्रधानमन्त्री ओली यही साउन २३ गते स्वदेश फर्केका हुन । प्रतिनिधिसभाको बैठक अपराह्न १ः०० बजे हुनेछ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया