रातो कागज

काठमाडौं, २८ साउनः सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले मुलुकको विविधता र सांस्कृतिक पहिचानलाई संरक्षण गर्दै पत्रकारितामा सत्य, निष्पक्षता र जिम्मेवारीको मान्यता कायम राख्नुपर्नेमा जोड दिएका छन् ।
मङ्गलबार यहाँ आयोजित नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ फोनिजको २६औँ स्थापना दिवस तथा फोनिज अवार्ड(२०८२ मा मन्त्री गुरुङले आदिवासी पत्रकारिताले मुलुकको सञ्चार क्षेत्रमा ठूलो योगदान पु¥याएको चर्चा गरे ।
त्यस अवसरमा विशिष्ट अतिथि युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले आदिवासी जनजातिको हकहित र अधिकारका सवालमा फोनिजले अझ गहिरो र प्रभावकारी अभियान चलाउनुपर्नेमा जोड दिए । उनले पत्रकारहरूले समुदायका आवाजलाई मुखरित गर्दै नीति निर्माण तहमा पु¥याउन महत्वपूर्ण भूमिका खेल्नुपर्ने भनाइ राखे।
फोनिजका अध्यक्ष लक्की चौधरीले आदिवासी जनजातिसम्बन्धी विषयलाई सशक्त रूपमा अघि बढाउन महासङ्घ प्रतिबद्ध रहेको उल्लेख गरे । उनले आगामी दिनमा तालिम, गोष्ठी, अनुसन्धान र अन्तरराष्ट्रिय मञ्चमा सहभागितामार्फत आदिवासी पत्रकारिताको दायरा अझ विस्तार गर्ने योजना रहेको सुए ।
पत्रकार सम्मानित
त्यस अवसरमा आदिवासी जनजाति मलेसिया पत्रकारिता पुरस्कार, २०८२ अन्तर्गत छापातर्फ सपना थामी र अनलाइनतर्फ ज्ञानेन्द्र तामाङलाई प्रदान गरियो । उक्त पुरस्कारको राशी जनही रु १० हजार थियो ।
रु २५ हजार राशीको आदिवासी जनजाति युके पत्रकारिता सम्मान तथा पुरस्कार, २०८२ अन्तर्गत छापातर्फ आश गुरुङलाई प्रदान गरियो । सोही विधामा टेलिभिजनतर्फ डोल्मा शेर्पालाई प्रदान गरियो ।
आदिवासी जनजाति बागमती पत्रकारिता पुरस्कार, २०८२ अन्तर्गत रेडियोतर्फ पूर्णबहादुर मगर राप्ती एफएम, चितवनलाई रु पाँच हजार ५५५ सहित सम्मानित गरियो । फोनिज राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मान, २०८२ अन्तर्गत कोचिला सामाद राजवंशी भाषाको त्रैमासिक पत्रिका, झापालाई प्रदान गरियो । पुरस्कारको राशी रु ३१ हजार थियो ।
फोनिज राष्ट्रिय प्रवास पत्रकारिता सम्मान, २०८२ अन्तर्गत मच्छेदेवी गुरुङ अमेरिका, फोनिज राष्ट्रिय पत्रकारिता सम्मान, २०८२ अन्तर्गत अमरध्वज लामा रेडियो नेपालले पाए । सोही विधामा गजुर्धन राई नेपाल टेलिभिजनलाई प्रदान गरियो । पुरस्कारको राशी रु ३१ हजार थियो । साथै बन्दना दनुवार, मुनेश लायो मगर र सविन प्रियासनलाई जनही रु २५ हजारले सम्मान गरियो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया