१३ चैत्र २०८२, शुक्रबार
बागमती मुख्‍य समाचार समाचार

सप्ताहव्यापी गाईजात्राअन्तर्गत पशुपति क्षेत्रमा रोपाइँजात्रा

काठमाडौँ, २८ साउनः गाईजात्रा सप्ताहको तेस्रो दिन मङ्गलबार पशुपति क्षेत्रस्थित जयवागेश्वरी मन्दिर परिसरमा रोपाइँजात्रा सम्पन्न भएको छ ।

सप्ताहव्यापी गाईजात्राको तेस्रो दिन अर्थात् भाद्र कृष्ण तृतीयाका दिन प्रत्येक वर्ष पशुपति क्षेत्रको जयवागेश्वरी मन्दिर परिसरमा यो जात्रा हुने गरेको छ । पुरुषले महिलाको भेष धारण गरी खेतालालाई खाजा बाँडेको अभिनय गरिने यो जात्रा हेर्न पशुपति क्षेत्रमा मानिसको घुइँचो हुने गरेको छ ।

यस दिन लोग्ने मानिस एवं केटाकेटीले देउपाटन क्षेत्रमा रोपाइँ गरेको अभिनय गर्दै जात्रा गर्ने गरेको पशुपति क्षेत्र विकास कोषअन्तर्गत अमालकोट कचहरी कार्यालयका द्वारे रामकृष्ण डङ्गोलले जानकारी दिए । घोडचढी मानिसले जात्रामा रौनकता थप्ने गरेका छन् । यो जात्रामा परम्परागत कृषि जीवनको झल्को पाइन्छ । पशुपति क्षेत्रका भकुङ्टोल, जयवागेश्वरी र तिलगङ्गाबाट जात्रा निकालिने किम्बदन्ती चल्दै आएको छ ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि