१२ फाल्गुन २०८२, मंगलवार
मधेश मुख्‍य समाचार

कैदीको उपचारका क्रममा मृत्यु, वीरगञ्जमा प्रदर्शन

रौतहट । पर्साको वीरगञ्ज कारागारमा जन्मकैद सजाय काटिरहेका एक कैदीको उपचारका क्रममा मृत्यु भएको छ ।
२०७९ सालदेखि कर्तव्य ज्यान मुद्दामा अदालतको आदेश अनुसार कारागारमा सजाय काटिरहेका वीरगञ्ज महानगरपालिका–२५ खाल्वा टोलाका राहुल साह तुराहाको मङ्गलवार नारायणी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।
कारागार प्रशासनका अनुसार, मङ्गलवार बिहान कारागारमा व्यायाम गर्ने क्रममा राहुलको स्वास्थ्यमा समस्या देखिएपछि उनलाई तत्काल नारायणी अस्पताल ल्याइएको थियो ।
नारायणी अस्पतालका सूचना अधिकारी डा. उदय नारायण सिंहका अनुसार, तुहारालाई मंगलबार बिहान ८ः५० बजे अस्पताल भर्ना गरिएको थियो र उपचारको क्रममा बिहान १०ः३० बजे मृत्यु भएको हो ।
नारायणी अस्पताल प्रशासनले भने राहुललाई सम्भव भ्याएसम्मको उपचार प्रदान गरिएको र तत्कालै थप उपचारका लागि रेफर गरिएको दाबी गरेको छ ।
तर मृतकका आफन्तले अस्पतालको लापरवाही र सही समयमा उचित उपचार नपाएका कारण राहुलको ज्यान गएको आरोप लगाएको छ ।
अस्पताल प्रशासन विरुद्ध मृतकका आफन्तले नारायणी अस्पताल अगाडि टायर बालेर प्रदर्शन गरेका छन् । यस विषयमा छलफल गर्न जिल्ला प्रशासन कार्यालयमा मृतकका आफन्तलाई पठाइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता, प्रहरी नायब उपरीक्षक (डिएसपी) किशोर लम्सालले बताए ।
हाल अवस्था सामान्य बनेको उनको भनाइ छ । मृतकको शव पोस्टमार्टमका लागि नारायणी अस्पतालमा राखिएको छ ।

थप समाचारहरु

प्रदेस समाचार मधेश समाज

महोत्तरीमा डीएसपीमाथि आक्रमण, ३ सदस्य छानबिन समिति गठन

७ साउन, जनकपुरधाम । महोत्तरीमा एक जना प्रहरी नायव उपरीक्षक (डीएसपी)माथि आक्रमण भएको छ । धनुषाको प्रदेश प्रहरी गणमा कार्यरत्त
प्रदेस समाचार मधेश समाज

नेपाल-भारत सीमा क्षेत्रमा एक महिलाको गोली हानी हत्या

७ साउन, जनकपुरधाम । नेपाल-भारत सीमा क्षेत्रमा पर्ने धनुषाको मुखियापट्टि मुसहरनिया गाउँपालिका २ स्थित दशगजा पारी एक महिलाको गोली हानी