८ माघ २०८२, बिहीबार
बागमती मुख्‍य समाचार समाचार

आज संघीय संसद अन्तरगत दुई समितिको बैठक बस्दैँ

काठमाडौं । संघीय संसद अन्तरगत आज दुई समितिको बैठक बस्ने भएको छ ।

मंगलबार प्रतिनिधि सभा अन्तरगत अर्थ समिति र राष्ट्रिय सभा अन्तरगत विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्न लागिएको हो ।

आज बस्ने अर्थ समितिको बैठकमा वैकल्पिक विकास वित्त परिचालनका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि दफावार छलफल गर्ने कार्यसूची रहेको छ भने बैठक बिहान ११ बजे बस्ने तय भएको छ ।

यस्तै, विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा डिजिटल गभर्नेन्स अवलम्वन गर्ने सम्बन्धमा नेपाल सरकारबाट भएका कामकारवाही एवं कार्ययोजना ÷तयारी सम्बान्धमा छलफल गर्ने कार्यसूची रहेको छ । बैठक बिहान ११ बजे बस्ने तय भएको छ ।

उक्त विषयको छलफलको लागि बैठकमा सञ्चार तथा सूचना प्रविधि मन्त्रीलाई पनि आमन्त्रण गरिएको छ ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि