८ माघ २०८२, बिहीबार
बागमती मुख्‍य समाचार समाचार

ओहदाको प्रमाणपत्र पेस

काठमाडौँ, २६ साउन ः इस्लामिक गणतन्त्र इरानका लागि नेपालको गैरआवासीय राजदूत रमेशचन्द्र पौडेलले तेहरानमा आयोजित विशेष समारोहमा इस्लामिक गणतन्त्र इरानका राष्ट्रपति डा मसूद पेजेसकियन समक्ष ओहदाको प्रमाणपत्र पेस गरेका छन् ।

ओहदाको प्रमाणपत्र पेस गरेपश्चात राष्ट्रपतिसँगको शिष्टाचार भेटको अवसरमा राजदूत पौडेलले नेपाल र इस्लामिक गणतन्त्र इरानबीच कूटनीतिक सम्बन्ध स्थापना भएदेखि दुई देशबीच सुमधुर, घनिष्ठ तथा मित्रवत् सम्बन्ध रहँदै आएको बताउँदै लगानी, व्यापार, पर्यटन, कृषि र शिक्षाको क्षेत्रमा आपसी सहयोगको सम्भावना रहेको बताए ।

साथै, उनले नेपालका राष्ट्रपति रामचन्द्र पौडेलको महामहिम इरानी राष्ट्रपतिका लागि सुस्वास्थ्यका साथै इरान र इरानी जनताको समृद्धि र उत्तरोत्तर प्रगतिको शुभकामना सन्देश प्रेषित गरे ।

सो अवसरमा इस्लामिक गणतन्त्र इरानका राष्ट्रपति पेजेसकियनले इरानका लागि गैरआवासीय राजदूत नियुक्त भएकामा बधाई दिँदै राजदूत पौडेलले विद्यमान द्विपक्षीय सम्बन्धलाई अझ प्रगाढ बनाउन सक्रिय भूमिका र जिम्मेवारी निर्वाह गर्नुहुने आशा व्यक्त गरे । उनलाई इरानी सरकारको पूर्ण सहयोग रहने प्रतिबद्धता जनाए ।

नेपालका राष्ट्रपतिलाई शुभकामनाका लागि धन्यवाद दिँदै वहाँको सुस्वास्थ्यका साथै नेपाल र नेपाली जनताको समृद्धि र उत्तरोत्तर प्रगतिको शुभकामना सन्देश आफ्नोतर्फबाट प्रेषित गरिदिन आग्रहसमेत गरेका कतारस्थित नेपाली दूतावासले जनाएको छ ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि